default_image

3 months ago

September 5, 2025

दक्षिण अफ्रिकाको रोमाञ्चक जित

131 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ५ रनले हराउँदै ३ ओडिआई सिरिज २-० ले जितेको छ।

म्याथ्यू ब्रिट्जकेले लगातार पाँचौं खेलमै अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाए। उनले ७७ बलमा ८५ रन बनाए । उनले ट्रिस्टन स्टब्ससँग १ सय ४७ रनको साझेदारी गरेपछि टोलीले ५० ओभरमा ८ विकेटको ३ सय ३० बनायो ।

स्टब्सले अर्धशतक बनाए । डेवाल्ड ब्रेभिसले २० बलमा ४२ रनको विस्फोटक इनिङ खेले। लर्ड्समा घरेलु टोलीका लागि जोफ्रा आर्चरले ४ विकेट लिए।

लक्ष्य पछ्याउँदै इंग्ल्यान्ड पहिलो बलमै जेमी स्मिथलाई गुमायो। जो रुट (६१) र जेकब बेटेल (५८) ले सम्हाल्ने प्रयास गरे तर महत्त्वपूर्ण समयमा केशव महाराज र सेन्ुरान मुथुसामीले विकेट लिए।

कप्तान ह्यारी ब्रुक (३८) र जोस् बटलर (६१) बीच ६९ रनको साझेदारी भए पनि खेल पल्टाउन सकेन।

अन्त्यतिर आर्चरले आक्रामक ब्याटिङ गर्दै २ छक्का प्रहार गरे। तर इंग्ल्यान्ड ५० ओभरमा ९ विकेटको नोक्सानीमा ३ सय २५-९ रनमा रोकियो ।

यो खेलमा ६ सय ५५ रन बन्यो । लर्ड्समा भएको ओडिआई इतिहासमै यो सबैभन्दा बढी हो।
ब्रिट्जकेले ५ ओडिआई खेलेर ९२ को औसतमा ४ सय ६३ रन बनाइसकेका छन्।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.