3 months ago
September 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको ट्रफी टुरको घोषणा गरेको छ।
पहिलो पटक हुन लागेको ट्रफी टुर पूर्वको मेची देखि पश्चिमको महाकाली सम्म पुग्ने क्यानका सचिव पारस खड्काले बताए।
टुरको सुरुवात कोशी प्रदेशको विराटनगर किंग्सबाट सुरू हुनेछ। त्यसपछि ट्रफी पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सको प्रदेश मधेश प्रदेआ पुग्नेछ। मधेशबाट चितवन पुग्नेछ। चितवन राइनोजको घरेलु भुमीपछि ट्रफी काठमाडौं ल्याइनेछ। काठमाडौं गोर्खाजले संघीय राजधानीमा ट्रफी टुर सकाउनेछ।

त्यसपछि पोखरा, लुम्बिनी कर्णाली हुँदै अन्त्यमा ट्रफी सुदुरपश्चिम प्रदेश पुग्नेछ। सुदुरपश्चिम रोयल्सले ट्रफी टुर गरेसँगै टुर सकिनेछ। टुर भोलि शनिवार सुरु हुनेछ।
एनपिएलको ट्रफीलाई क्यानले ग्लोबल वार्मिङ र वतावरण संरक्षणसँग जोडेको छ।
ट्रफीको माथिल्लो भागमा कालापत्थरबाट ल्याइएको ढुङ्गा राखिएको छ। यही विशेष ट्रफी टुरको सुरु हुने अघिल्लो दिन आज कीर्तिमानी पवतारोहीहरझ फुन्जु जाङ्मी, मिङ्गमा ग्याल्जे शेर्पा र मिङ्गमा डेबिट शेर्पाले ट्रफी प्रस्तुत गरे।
ट्रफी कुन ठाउँमा पुर्याउने तय फ्रेन्चाइज टोलीले नै तय गर्ने सचिव खड्काले बताए। एनपिएल मंसिर १ गतेदेखि सुरु हुँदैछ। यो पटक पनि पहिलो संस्करणमा जस्तै ८ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
एनपिएलको लागि अक्सन यसअघि नै भइसकेको छ। यो पटक टियु मैदानमा डे एन्च नाइट म्याच खेलाउने तयारीमा क्यान रहेको छ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]