3 months ago
September 6, 2025
एजेन्सी – त्रिकोणात्मक सिरिजको अन्तिम लिग खेलमा अफगानिस्तानले घरेलु टोली युएईलाई ४ रनले हराएको छ। योसँगै युएईले सबै खेल गुमाउँदै सिरिज अन्त्य गर्यो।
१ सय ७१ रनको लक्ष्य पछ्याएको युएईलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो। युएईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६६ रन मात्र बनाउन सक्यो।
पहिलो तीन बलमै १२ रन निकाल्दा पनि अफगानी बलर फरीद अहमद मलिकले लगातार २ डट बल फ्याँके र अन्तिम बलमा आसिफ खानलाई आउट गर्दै अफगानिस्तानलाई जित दिलाए।
युएईका अलिशान सराफु (२७) र मुहम्मद वासिम (४४) ले आक्रामक सुरुवात गरे। तर अफगानिस्तानका स्पिनर नुर अहमदले सराफुलाई आउट गर्दै टोलीलाई खेलमा फर्काए।
वासिम र मुहम्मद जोहिब पनि आउट भएपछि दबाब बढ्यो। आसिफ खान अन्तिमतिर आक्रामक भए पनि (१३ बलमा ७ रनपछि तीब्र प्रहार गर्दै) अन्तिम क्षणमा जित दिलाउन सकेनन्।
त्यसअघि, अफगानिस्तानले ४ विकेटको नोक्सानीमा १ सय ७०रन बनाएको थियो। इब्राहिम जादरान (४८) र रहमानुल्लाह गुरबाज (४०) बीच ९८ रनको साझेदारी भयो। करिम जनतले १४ बलमा २८ रन जोडे।
पाकिस्तान र अफगानिस्तानबीच आइतवार फाइनल हुनेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]