default_image

3 months ago

September 7, 2025

इङ्ल्यान्डको कीर्तिमानी जित

434 views

0 Bookmark

एजेन्सी – तेस्रो ओडिआईमा आज इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई ३ सय ४२ रनले पराजित गरेको छ।

साउथह्याम्पटनमा भएको खेलमा २१ वर्षीय जेकब बेटहेलले पहिलो ओडिआई‌शतक प्रहार गर्दै ८२ बलमा ११० रन बनाए। उनले जो रुटसँग १ सय ८२ रनको साझेदारी गरे। रुटले पनि ९६ बलमा शतक पूरा गरे।

अन्त्यतिर जोस बटलरले ३२ बलमा नटआउट ६२ रन जोडेपछि इङ्ल्यान्डले ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय १४ रनको ठूलो योगफल बनायो।

यो तीन वर्षयताको सबैभन्दा ठूलो ओडिआई स्कोर हो । त्यस्तै इङ्ग्ल्याण्डले सन् २०१८ यता घरेलु मैदानमा बनेको उच्चतम स्कोर हो।

जवाफमा दक्षिण अफ्रिकाको ब्याटिङ लाइनअप ध्वस्त भयो। जोफ्रा आर्चरले सुरुवातमै ४ विकेट लिँदै दक्षिण अफ्रिकालाई खुलेर खेल्न दिएनन् । उनले ४ विकेटका लागि १८ खर्चे । आदिल राशिदले १३ रन खर्चेर ३ विकेट लिए।

दक्षिण अफ्रिका २०.५ ओभरमा ९ विकेट गुमाउँदै ७२ रनमा सीमित भयो । कप्तान टेम्बा बावुले घाइते भएका कारण ब्याटिङ गर्न सकेनन्। यसरी इङ्ल्यान्डको ओडिआई इतिहासकै यो सबैभन्दा ठूलो रन अन्तर जित हो।

ओडिआई सिरिज दक्षिण अफ्रिकाले २-१ ले जितेको छ। दुवै टोलीबीच ३ खेलको टि‌ ट्वान्टी सिरिज बुधबार कार्डिफमा सुरु हुँदैछ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.