3 months ago
September 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अहिले अवस्थाप्रति नैराश्यता व्यक्त गरेका छन्।
जेन जी पुस्ताले काठमाडौंमा आज गरेको भ्रष्टाचार विरोधको प्रदर्शनमा सरकारी दमनपछि कम्तिमा १६ जनाको ज्यान गएको छ। जेन जीको आव्हानमा देशका विभिन्न सहरमा स्वत स्फुर्त प्रदर्शन भएको थियो।
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका खड्काले हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देश भन्दै व्यंग्य गरेका छन्।
आज दिउँसो उनले सामाजिक सन्जाल फेसबुकमार्फत यसरी भावना पोखेका छन्।
हाम्रो देश,
नामको देश जता हेरे, त्यतै निराशा, काम भन्दा भाषण बढी,
गलत र सही मूल्याङ्कन नभएको सामाजक मानसिकता, हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देश,
मृत्यु हुने प्रति हार्दिक श्रद्धाञ्जली।
शहीद भएका छन्, धेरैलाई बनाइएको छ,
सायद मर्नु शहीद हुनु हो भने,
हामी सबै धेरै अघि नै शहीद भइसकेका छौं।
निशब्द ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]