3 months ago
September 11, 2025
एजेन्सी – साविक विजेता भारतले हितका साथ एसिया कपको यात्रा सुरु गरेको छ।
दुबईमा जारी एसिया कपको आफ्नो पहिलो खेलमा भारतले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५७ रनमै अलआउट गर्दै ९ विकेटको जित निकाल्यो ।
युएईले २ विकेटको नोक्सानीमा ४७ रन जोडेर राम्रो सुरुवात गरे पनि ५ ओभरमै बाँकी ८ विकेट गुमाएर ५७ रनमै समेटियो।
भारतका कुलदीप यादवले २.१ ओभरमा ७ रन दिँदै ४ विकेट लिए। जसप्रित बुमराहले ओपनर अलिशान शराफु (२२) लाई बोल्ड गरे । कप्तान मुहम्मद वसीम (१९) लाई कुलदीपले एलबिडब्लु आउट गरे।
यी दुई बाहेक अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतविरुद्धको कुनै पनि टोलीको सबैभन्दा कम टि ट्वान्टी रनको योगफल हो।
जवाफी ब्याटिङमा भारतले लक्ष्य ४.३ ओभरमै भेट्टायो। ओपनर अभिषेक शर्माले १६ बलमा ३ छक्का र २ चौकासहित ३० र बनाए भने शुभमन गिल ९ बलमा २० रनमा नटआउट रहे। कप्तान सूर्यकुमार यादव ७ रनमा नटआउट रहे।
भारतले अब आइतवार पाकिस्तानसँग दोस्रो खेल खेल्नेछ। यो समूहमा ओमान पनि छ । अर्को समूहमा अफगानिस्तान, श्रीलंका, बंगलादेश र हङकङ छन्। समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन्।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]