3 months ago
September 12, 2025
एजेन्सी – बंगलादेशले जितका साथ एसिया कपको सुरुवात गरेको छ।
कप्तान लिटन दासले ३३ बलमै अर्धशतक प्रहार गरेपछि बिहीवार बंगलादेशले हङकङलाई ७ विकेटले हरायो।
पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।
जवाफमा दासले ३९ बलमा ५९ रन बनाउँदै बंगलादेशलाई १४ बल बाँकी छँदै लक्ष्यमा पुर्याए।
अबुधाबीमा टस जितेर पहिले फिल्डिङ रोजेको बंगलादेशले पावरप्लेभित्रै २ विकेट झार्यो।
निजाकत खानले ४० बलमा ४२ रन बनाएर हङकङलाई केही हदसम्म सम्हाल्ने प्रयास गरे । तर टेस्ट खेल्ने टोली बंगलादेशविरुद्ध फराकिलो इनिङ बनाउन सकेनन्।
तीव्र गतिका बलर तन्जिम हसन साकिब बंगलादेशका उत्कृष्ट बलर बने । उनले २१ रन दिँदै २ विकेट लिए। अर्का बलर तास्किन अहमद र लेगस्पिनर रिशाद हुसैनले पनि समान २ विकेट लिए।
बंगलादेशले पनि पावरप्लेमा २ विकेट गुमायो। तर अनुभवी दासले आक्रामक ब्याटिङ गर्दै टोलीलाई पुनः लयमा फर्काए । उनले ६ चौका र १ छक्का प्रहार गर्दै तौहीद हृदयसँग तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे।
जितका लागि २ रन बाँकी रहँदा दास आउट भए। नटआउट ३५ बनाएका हृदयले १८औं ओभरमा जितको रन प्रहार गर्दै बंगलादेशलाई विजयी सुरुवात गराए।
एसिया कपको समूह ‘ए’ मा आज पाकिस्तान र ओमान बीच खेल हुनेछ। यो समूहमा भारत र युएई छन् । बंगलादेश, हङकङसहित समूह ‘बी’ मा अफगानिस्तान र श्रीलंकाका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]