default_image

3 months ago

September 13, 2025

साल्ट र इंग्ल्यान्डको कीर्तिमान

552 views

0 Bookmark

एजेन्सी – फिल साल्टले इंग्ल्यान्डका लागि सबैभन्दा छिटो टि ट्वान्टी शतक प्रहार गरेपछि घरेलु टोलीले २ विकेटको क्षतिमा ३ सय ४ रन बनाएको छ।

योसँगै इंग्ल्यान्डले दक्षिण अफ्रिकामाथि १ सय ४६ रनको शानदार जित निकाल्दै सिरिज १-१ को‌ बराबरी गर्‍यो।

ओल्ड ट्राफर्डमा साल्टले मात्र ३९ बलमा शतक पूरा गर्दै लियम लिभिङ्स्टोनले सन् २०२१ मा पाकिस्तानविरुद्ध बनाएको ४२ बलको कीर्तिमान तोडे।

साल्टले ६० बलमा नटआउट १ सय ४१ रन बनाए । जुन टि ट्वान्टी आईमाई कुनै इंग्लिस ब्याट्सम्यानले बनाएको उच्च व्यक्तिगत रन हो। यसअघि ड्यानी वायट–हजको १ सय २४ रन उच्च थियो।

साल्टको चौथो टि ट्वान्टी शतकमा १५ चौका र ८ छक्का समावेश थिए। साल्टको कीर्तिमानसँगै इंग्ल्यान्डले आफ्नो टि ट्वान्टी इतिहासकै सबैभन्दा ठूलो स्कोर बनायो जुन पूर्ण सदस्य राष्ट्रहरूबीचको टि ट्वान्टी आई पनि उच्च हो।

जोस बटलरले ३० बलमा ८३ रन बनाउँदै साल्टसँग पहिलो विकेटका लागि १ सय २६ रनको साझेदारी गरे। यस्तै, जेकब बेथेलले १० बलमा २४ रन र कप्तान ह्यारी ब्रुकले २१ बलमा नटआउट ४१ रन बनाए।

जवाफी ब्याटिङमा दक्षिण अफ्रिकाका एइडेन मार्कराम र रायन रिकेल्टनले २२ बलमै ५० रन जोड्दै सानदार सुरुवात दिलाए ।

तर, जोफ्रा आर्चरले चौथो ओभरमै २ विकेट लिए र पछि साम करनको बलमा क्याचसमेत लिएपछि दक्षिण अफ्रिका ५८-३ मा पुग्यो ।

आर्चरले ३-२५ को बलिङ गरे । करनले ११ रन दिएर २ विकेट लिए । अन्त्यतिर ब्यर्न फोर्टुइनले १६ बलमा ३२ रन बनाए पनि पाहुना टोली १ सय ५८ रनमै अलआउट भयो। सिरिजको निर्णायक खेल आइतवार ट्रेन्ट ब्रिजमा हुनेछ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.