default_image

3 months ago

September 14, 2025

एसिया कपमा श्रीलंकाको विजयी सुरुवात

402 views

0 Bookmark

एजेन्सी- पठुम निस्संकाको अर्धशतकसहित श्रीलंकाले एसिया कपको पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ।

निस्संकाले ३४ बलमा ५० रन बनाए । उनी टि‌ ट्वान्टीमा सबै भन्दा छिटो २ हजार रन पूरा गर्ने ब्याटर बने । उनले ६८औँ इनिङमा यो सफलता प्राप्त गरेका हुन्।

अबुधाबीमा पहिले ब्याटिङ गरेको बंगलादेश २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३९ रनमा सीमित भयो।

नुवान तुशारा र दसमन्थ चमिराले दुवै ओपनरलाई सस्तैमा आउट गरे। त्यसपछि शमीम होसैन र जागेर अलीले अविजित ८६ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। होसैन ४२ र अली ४१ रनमा नटआउट रहे ।‌

जवाफमा निस्संका र कामिल मिश्राले ९५ रनको साझेदारी गर्दै जितको आधार बनाए। मिश्राले ३२ बलमा नटआउट ४६ रन जोडे। निस्संका आउट भए पनि श्रीलंकाले ४ विकेटको नोक्सानीमा १ सय ४० रन बनाउँदै खेल ५ ओभर बाँकी रहँदै जित्यो।

बंगलादेशले यसअघि हङकङलाई ७ विकेटले हराएको थियो । श्रीलंकाले समूह चरणमा बलियो सुरुआत गर्न सफल भयो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.