3 months ago
September 14, 2025
एजेन्सी – एसीसी एसिया कप टि ट्वान्टी प्रतियोगिता छैटौं खेलमा आज विश्व क्रिकेटका दुई चर्चित टोली पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार साँझ ८ : १५ बजे युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई इन्टरनेशनल रंगशालामा सुरु हुनेछ । दुबै टोली लगातार दोस्रो जितका साथ सुपर-४ को यात्रा सहज बनाउन चाहन्छन् ।
पहिलो खेलमा भारतले घरेलु टोली युएईलाई ९ विकेट र पाकिस्तानले ओमानलाई ९३ रनले हराउँदै विजयी सुरुवात गरेका थिए । समूह ए मा समान २ अंक भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।
भारत र पाकिस्तान आन्तरीक राजनीतिको कारण पछिल्लो एक दशकदेखि आईसीसी र एसिसीको प्रतियोगितामा मात्रै प्रतिस्पर्धा गर्दै आएका छन् ।
यसअघि यी दुई टोलीबीचको खेलको टिकट खुल्ला भएको केही मिनेटमै ब्रिकी भई सकेको हुन्थ्यो । यस पटक खेलको अघिल्लो दिनसम्म टिकट पुरै बिक्री भएको छैन ।

केही महिना अघि जम्मु कश्मिरको पहलगाममा भएको आतंककारी आक्रमणपछि भारतले पाकिस्तानसँग खेल्न नहुने कुरा उठ्दै आएको थियो ।
तर भारतीय सरकारले आईसीसी र एसीसीको प्रतियोगिता खेल्नमा कुनै नरोक्ने जनाएको छ । कतिपय भारतीय समर्थक, पूर्व क्रिकेट र विश्लेषकहरु पाकिस्तानसँगको खेल बहिष्कार गर्नुपर्ने माग राख्दै आएका छन् ।
यता आधुनिक शैलीको टी२० क्रिकेट खेल्ने भन्दै दुई सुपरस्टार मोहम्मद रिजवान र बाबर आजम बिना नै पाकिस्तान एसिया कप खेल्न आएको छ । बाबर र रिजवानको टी२० स्ट्राइकरेट कमजोर भएको भन्दै पाकिस्तानले बाहिर गरेको छ ।
युवा खेलाडीलाई उत्कृष्ट स्ट्राइकरेटमा ब्याटिङको अतिरिक्त दबाब पनि छ । गत वर्ष टी२० विश्वकप जितेसँगै रोहित शर्मा र विराट कोहलीले सन्न्यास लिएका थिए । त्यसैले नयाँ पुस्ताबीचको भिडन्त मानिएको छ ।
भारतले स्पिनर कुलदीप यादव, बरुण चक्रवर्ती र अक्षर पटेल तथा पाकिस्तानसँग मोहम्मद नवाज, सुफ्यान मुकीब र अब्रार अहमद पहिलो खेलमा प्लेइङ- ११ मा मैदान उतारेका थिए । पिच तीव्र गतिका बलर सहयोगी भएको खण्डमा पाकिस्तानले हरिस रौफ र भारतले अर्शदीप सिंहलाई प्लेइङ ११ मा समेट्न सक्छन् ।

भारतको ब्याटिङ लाइनअप मजबुत छ । अभिषेक शर्मा, सञ्जु स्यामसन र सूर्य कुमार यादव जस्ता ब्याटर टोलीमा हुँदा मजबुत छ ।
उता पाकिस्तानमा फखर जमान, हसन नवाज र सैम अयुब एकै ओभरमा खेललाई मोड्न सक्ने खुबी भएका ब्याटर हुन् । भारतमा योर्कर किंग जस्प्रित बुमराह र पाकिस्तानमा स्वींग तथा गतिमा राज गर्दै आएका शाहिन शाह अफ्रिदीको स्पेलले खेल निर्धारण गर्न सक्छ ।
दुबै टोलीको कमजोरी र बलियो पक्ष

पाकिस्तानको टोलीमा फखर जमान र मोहम्मद नवाज बाहेक अन्य खेलाडीमा अनुभवको कमी छ । विशेषगरी दबाब र ठूला प्रतियोगिता खेलेका निकै कम ब्याटर छन् । ओपनर सैम अयुब र सहिबजादा फहरान दुबै लयमा नहुँदा ब्याटिङ थप कमजोरी बनेको छ ।
स्पिन बलिङ सामु पाकिस्तानी ब्याटरको इतिहास राम्रो नहुँदा भारतीय स्पिनर कुलदीप यादव र बरुण चक्रवर्तीको बलिङ सामना गर्न सहज हुनेछैन । पाकिस्तानको प्लेइङ ११ मा पाँच स्पिन आक्रामणको विकल्प छ ।
अफ्रिदी र हरिस रौफ जस्ता १ सय ५० प्रतिघण्टा किलोमिटरको गतीमा बलिङ गर्ने बलर टोलीमा हुँदा भारतीय ब्याटरलाई रन बनाउन सहज हुनेछैन ।
बुमराह नचलेको खण्डमा भारतको तीव्र गतिको बलिङ आक्रामण समस्यामा पर्न सक्छ । दोस्रो र तेस्रो तीव्र गतिका बलरमा अलराउण्डर हार्दिक पाण्ड्या र शिबम दु
बेका साथ अघि बढ्दै आएको छ । ब्याटिङमा गहिराई र टी२० ब्याटरको बाहुल्यता हुनु भारतको विशेषता हो ।
पिच कन्डिसन –
दुबईको मैदान ब्याटिङ भन्दा बलिङ बढी सहयोगी मानिन्छ । १ सय ८० माथिको स्कोर दुबईमा सुरक्षित मानिन्छ । उक्त मैदानमा पहिलो इनिङपछि शीतको असर पर्ने हुँदा टस जित्ने टोली लक्ष्य पछ्याउन सक्छन् ।
मौसम –
मौसम पूर्वाअनुमानको अनुसार भारत र पाकिस्तानको खेलको समयमा पानी पर्ने सम्भावना छैन । मैदानको तापक्रम ३० देखि ३५ डिग्री सेल्सियससम्म रहनेछ ।
हेड टु हेड –
पछिल्ला पाँच खेलमा भारत तीन र पाकिस्तान दुई खेलमा विजयी भएका छन् । यी दुई टोलीबीच कुल १३ टी–२० आई खेल हुँदा भारत १० खेलमा विजयी भएको छ ।
प्लेयर टु वाच
मोहम्मद नवाज–(पाकिस्तान)

अलराउण्डर मोहम्मद नवाज पाकिस्तानका प्रमुख हतियार हुन् । बायाँ हाते अलराउण्डर उनले तल्लोक्रममा आक्रामक ब्याटिङसँगै स्पिन बलिङमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अघिल्लो साता त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा अफगानिस्तानविरुद्ध ५ विकेट लिनुको साथै २५ रन जोडेका थिए ।
पाकिस्तानले अन्तिम पटक भारतलाई २०२२ को एसिया कपको सुपर फोरमा हराएको थियो । उक्त खेलमा १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १ बल अघि ५ विकेट गुमाउँदै पूरा गर्दा नवाजले २० बलमा ४२ रन जोड्नुको साथै एक विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका थिए ।
बरुण चक्रवर्ती ( भारत)

स्पिनर बरुण चक्रवर्तीको स्पिन खेल्न विश्वका सबै टोलीलाई धौ धौं पर्दै आएको छ । गत मार्चमा दुबईमै भारतलाई च्याम्पियन्स ट्रफीको उपाधि जिताउन उनले सानदार प्रदर्शन गरेका थिए । पाकिस्तानी ब्याटर स्पिन सामु लगातार कमजोर प्रदर्शन गर्दै आएका छन् । पाकिस्तानी ब्याटरको कमजोरी स्पिन खेल्न नसक्नुमा चक्रवर्ती हाबी हुनसक्छन् ।
एसिया कप – २०२५
समूह ए – भारत, पाकिस्तान, ओमान र युएई
समूह बी : श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ
हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपरफोरका शीर्ष दुई टोली फाइनल खेल्नेछन् । पछिल्लो पटक २०२२ को टी२० एसिया कपमा पाकिस्तानलाई फाइनलमा हराउँदै श्रीलंकाले उपाधि जितेको थियो ।
भारतको टोली :
सुर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, अर्शदीप सिंह, जस्प्रित बुमराह, शिबम दुबे, हर्षित राना, कुलदीप यादव, हार्दिक पान्ड्या, अक्षर पटेल, सन्जु स्यामसन (विकेटकिपर), जितेश शर्मा, रिंकु सिंह, तिलक बर्मा, बरुण चक्रवर्ती ।
पाकिस्तानको टोली :
अलमान अली अघा (कप्तान), सैम अयुब, सहिबजादा फहरान, फखर जमान, हसन नवाज, मोहम्मद नवाज, मोहम्मद हरिस (विकेटकिपर), अब्रार अहमद, फहिम अशरफ, हरिस रौफ, हसन अली, हुसेन तालत, खुशदील शाह, मोहम्मद वासिम, सलमान मिर्जा, शाहिन शाह अफ्रिदी, सुफ्यान मुकीम ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]