3 months ago
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकाको कोलम्बोमा यसै साता सुरु हुने यु १४ क्रिकेट प्रतियोगितामा नेपालबाट कागेश्वरी मनहरामा रहेको वन डे क्रिकेट एकेडेमी सहभागी हुने भएको छ। वन डेको टोली मंगलवार त्यसतर्फ प्रस्थान गर्नेछ।
भदौ ३१ देखि असोज ८ (सेप्टेम्बर १६ देखि २४) गते सम्म प्रतियोगितामा एकेडेमीले ३ वटा टि ट्वान्टी खेल खेल्नेछ।
यसको विजेताले अर्को वर्ष बेलायतमा हुने यु १४ क्लब च्याम्पियनसिपमा स्थान पाउनेछ। त्यसबाहेक पनि टोली ३ वटा ओडिआई पनि खेल्ने छ ।
वन डे एकेडेमीको १७ सदस्यीय टोली
रिजेन बस्नेत (कप्तान), सुउनस यादव (उप–कप्तान), स्वीकार खड्का (विकेटकिपर),अभिरुप खनाल, इन्चोन राउत, लक्ष्यजीत मल्ल, अभिक अछामी, रेयांश राज, आरव बिष्ट, उत्कर्ष प्रधान, सामर्थ्य खड्का, रुद्र राज बिष्ट, प्रज्वल रिजाल, हार्दिक न्यौपाने , बिमर्श भण्डारी
प्रशिक्षक – पुरुषोत्तम झा
व्यवस्थापक – सम्भारी झा
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]