3 months ago
September 14, 2025
एजेन्सी – पाकिस्तानले एसीसी एसिया कप टी-२० प्रतियोगितामा भारतलाई १ सय २८ रनको सामान्य लक्ष्य दिएकाछ । दुबई क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनायो ।

पाकिस्तानका ओपनर सहिबजादा फहरानले ४४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले तल्लोक्रममा १६ बलमा ४ छक्कासहित अविजित ३३ रन बनाउँदै पाकिस्तानलाई १ सय रनको आकडा पार लगाए । फखर जमानले १५ बलमा ३ चौकासहित १७ रन बनाउँदा अन्यको प्रदर्शन सम्झन लायक रहेन ।
मध्यगतिका बलर हार्दिक पान्ड्याको पहिलो बलमै ओपनर सैम अयुब जस्प्रित बुमराहलाई प्वाइन्टमा सहज क्याच दिदै आउट भएका थिए । अर्को ओभरमा जस्प्रित बुमराहको बलमा ठूलो सट खेल्न खोज्दा विकेटकिपर मोहम्मद हरिस ३ रनमै हार्दिक पान्ड्याबाट क्याच आउट हुँदा पाकिस्तान ६-२ को अवस्थामा पुगेको थियो ।
तेस्रो विकेटलाई फखर जमान र सहिबजादा फहरानले ३९ रनको साझेदारी गर्दै पाकिस्तानलाई खेलमा आशा देखाएका थिए । स्पिनर अक्षर पटेलको बलमा अघि बढेर ठूलो सट खलेको जमानको बल लङअनबाट दौडिएर आएरका तिलक बर्माले क्याच लिएपछि साझेदारी तोडिएको थियो । त्यसपछि भने भारतको स्पिन बलिङ सामु पाकिस्तानको मध्यक्रम सम्हाल्नि सकेन ।
खराब सट खेल्दै कप्तान सलमान अली अघा १२ बलमा ३, हसन नवाज ५ र मोहम्मद नवाज डक आउट भए । कुलदीप यादवले १३ औं ओभरको चौथो बलमा हसन नवाज र पाँचौं बलमा मोहम्मद नवाजलाई आउट गर्दै पाकिस्तानलाई ६४-६ को दयनीय अवस्थामा पुर्याएका थिए । तल्लोक्रममा फहिम अशरफ र सुफ्यान मकीवले १० रन जोडे ।
भारतका स्पिनर कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । स्पिनर अक्षर पटेल र जस्प्रित बुमराहले २-२ विकेट लिए । हार्दिक पाण्ड्या र बरुण चक्रवर्तीले १-१ विकेट लिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]