3 months ago
September 14, 2025
एजेन्सी – घरेलु टोली इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले तीन खेलको टी-२० आई सिरिज उपाधि बाँडेका छन् । तेस्रो तथा अन्तिम टी-२० आई खेल आईतबार राती वर्षाको कारण हुन नसकेपछि खेल रद्द भएको थियो ।
इंग्ल्यान्डको नोटिंघममा नेपाली समय अनुसार राती ८ : ३० मा खेल सुरु हुनुपर्ने तालिका भएपनि लामो समयसम्म वर्षाको कारण खेल हुन नसकेपछि रद्द भएको थियो । पहिलो खेल दक्षिण अफ्रिकाले डकवर्थ लेविस पद्धतिको आधारमा १४ रनले जितेको थियो । दोस्रो खेलमा इंग्ल्यान्ड १ सय ४६ रनले विजयी हुँदै सिरिजमा १-१ को बराबरी गरेको थियो ।
दोस्रो खेलमा इंग्ल्यान्डले २ विकेट गुमाउँदै ३ सय ३ रन बनाएको थियो । ओपनर फिलिप साल्टले ६० बलमा १ सय ४१ रनको अविजित इनिंग खेलेका थिए । अर्का ओपनर जस बटलरले ३० बलमा ८३ रनको आक्रामक इनिंग खेलेका थिए ।
त्यसअघि भएको तीन खेलको ओडीआई सिरिज भने दक्षिण अफ्रिकाले २-१ ले जितेको थियो । अव दक्षिण अफ्रिकाले एक मात्रै टी-२० आई खेल नामिबियासँग ११ अक्टोबरमा खेल्नेछ । त्यसपछि दक्षिण अफ्रिका दुई टेस्ट, समान तीन टी-२० आई र ओडीआई सिरिज खेल्न पाकिस्तान जानेछ ।
इंग्ल्यान्डले भने १७, १९ र २१ सेप्टेम्बरमा आयरल्यान्डसँग टी-२० आई सिरिज खेल्नेछ । इंग्ल्यान्डको दोस्रो रोजाईको टोली खेल्नेछ । त्यसपछि समान तीन ओडीआई र टी-२० आई सिरिज खेल्न न्युजिल्यान्ड जाने तालिका छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]