default_image

3 months ago

September 14, 2025

पाकिस्तानमाथि भारतको सहज जित

1129 views

0 Bookmark

एजेन्सी – भारतले एसीसी टी-२० एसिया कपमा पाकिस्तानलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सुपर ४ नजिक पुगेकोछ । जित्नलाई १ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका कप्तान सूर्यकुमार यादव ३७ बलमा ५ चौका र १ छक्कासहित ४७ तथा शिबम दुबे १० रनमा अविजित रहे । भारतका ओपनर अभिषेक शर्मा १३ बलमा ४ चौका र २ छक्कासहित ३१, शुभमन गिल १० र तिलक बर्मा ३१ रनमा आउट भए ।

तिलकलले ३१ बलमा २ चौका र १ छक्का हाने । पार्टटाइम स्पिनर सैम अयुबले गिललाई स्टम्पिङ, अभिषेक शर्मालाई क्याच आउट र तिलक बर्मालाई बोल्ड आउट गरेका थिए । पाकिस्तानका सैम अयुबले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । पाकिस्तानका ओपनर सहिबजादा फहरानले ४४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । शाहिन शाह अफ्रिदीले तल्लोक्रममा १६ बलमा ४ छक्कासहित अविजित ३३ रन बनाउँदै पाकिस्तानको साख जोगाए । फखर जमानले १५ बलमा ३ चौकासहित १७ रन बनाउँदा अन्यको प्रदर्शन सम्झन लायक थिएन ।

ओपनर सैम अयुब डक, मोहम्मद नवाज डक, फहिम अशरफ ११, सुफ्यान मकीम १०, मोहम्मद हरिस र सलमान अली अघा ३(३ रनमा आउट भए । भारतको जितमा स्पिनर कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । स्पिनर अक्षर पटेल र जस्प्रित बुमराहले २(२ विकेट लिए । हार्दिक पाण्ड्या र बरुण चक्रवर्तीले १-१ विकेट लिए ।

भारत समूह ए मा ४ अंकका साथ शीर्ष स्थानमा छ । पहिलो खेलमा युएईलाई ९ विकेटले हराएको भारतले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार ओमानसँग खेल्नेछ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा ओमानलाई ९३ रनले हराएको पाकिस्तानले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ । पाकिस्तानलाई सुपर फोरमा पुग्न उक्त खेल पाकिस्तानले जित्नै पर्ने हुन्छ ।

समूह बी मा सुरुवाती जितका साथ नेटरनरेटका कारण अफगानिस्तान शीर्ष र श्रीलंका दोस्रो स्थानमा छन् । २ खेलमा १ मा जित र १ मा हारसहित बंगलादेश तेस्रो र जितविहीन हङकङ पुछारमा छन् । हरेक समूहका शीर्ष दुई टोलीले सुपर फोर खेल्नेछन् ।

गतवर्ष एसीसी प्रिमियर कपमा चौथो स्थानमा रहेपछि नेपालले भने यस एसिया कप खेल्न पाएन । प्रिमियर कपको विजेता युएई, उपविजेता ओमान र तेसा्रे बनेको हङकङ एसिया कप खेल्न पाएका हुन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.