3 months ago
September 14, 2025
एजेन्सी- एसीसी टि ट्वान्टी एसिया कपमा भारत र पाकिस्तानका खेलाडीले एकअर्कासँग हात नमिलाई ड्रेसिङ रुममा फर्किएका छन् ।
दुबई क्रिकेट रंगशालामा आइतवार समूह ‘ए’ को खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पार्यो ।
जित्नलाई १ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । स्पिनर सुफ्यान मकिमलाई सूर्य कुमार यादवले छक्का हान्दै खेल सकाए । खेल सकाए लगत्तै सूर्य कुमार र शिवम दुबे सिधै ड्रेसिङ रुमतर्फ लागेका थिए ।

क्रिकेटको परम्परा अनुसार खेल सकाएपछि ब्याटरले विपक्षी खेलाडी र अम्पायरसँग हात मिलाएपछि मात्रै ड्रेसिङ रुममा जाने गर्दछन् ।
ड्रेसिङरुम तथा डकआउटमा भएका खेलाडी तथा अफिसल मैदानमा आएर एकअर्कासँग हात मिलाउने गर्दछन् । तर भारतीय खेलाडी र अफिसल मैदान आएनन् । पाकिस्तानी खेलाडी जम्मा भएपनि भारतीय खेलाडी नआएपछि उनीहरु पनि आफ्नो ड्रेसिङ रुमतर्फ लागेका थिए ।
टसको समयमा भारतका कप्तान सूर्य र पाकिस्तानका सलमान अली अघाले एकअर्कालाई नहेरी फर्किनुको साथै हात पनि मिलाएका थिएनन् । केही महिना अघि भारतको जम्मु कश्मिरको पहलगाममा पाकिस्तानी आतंककारी आक्रामणपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ ।

उक्त आक्रामण अघि भने यी दुई देशका खेलाडीले एक अर्कामा हात मिलाउथे । उक्त आक्रामण अघि देशको राजनीतिक सम्बन्ध खराब रहेपनि खेलाडीबीच मैदानमा राम्रो सम्बन्ध देखिदै आएको थियो । पछिल्लो एक दशकदेखि यी दुई टोलीले आईसीसी र एसीसीको प्रतियोगिता मात्रै खेल्दै आएका छन् ।
पहलगाम आक्रामणपछि दुई देशका सैन्यबीच युद्ध भएको थियो । त्यसपछि भारतले पाकिस्तानसँग कुनैपनि खेल खेल्न नहुने आवाज उठ्दै आएको थियो । तर भारतले भने सिरिज बाहेक अन्य खेल्ने घोषणा गरी सकेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]