9 years ago
March 9, 2017
प्रकाश तिमल्सिना
काठमाडौं – केन्याविरुद्ध शनिबार कीर्तिपुरमा हुने आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपमा कप्तान पारस खड्का खेल्ने नखेल्ने अझै निश्चित भएको छैन । पेटको समस्याका कारण अन्तिम तयारीका लागि भारत भ्रमण जान नसकेका पारसले चार दिन अघिमात्र प्रशिक्षण थालेका थिए ।

‘अभ्यास सुरु गरिसकेको छु । खासै अप्ठेरो केही छैन ’ उनले भने, ‘तर, म खेल्ने नखेल्ने शुक्रबार हुने टिम मिटिङमा या त शनिबार विहान मात्र थाहा हुनेछ । ’ पारसले आफु नखेलेपनि टोलीमा एक सय एक विकल्प रहेको बताए । ‘अन्तिम निर्णय लिन बाँकी छ । तर म नखेल्दा पनि हामीसँग धेरै विकल्प छ । सबै खेलाडी फर्ममा छन्’ उनले थपे, ‘त्यसले खासै चिन्ता लिनु पर्ने विषय छैन । अर्को हामी घरेलु मैदानमा खेल्दैछौं, वातावरणले पनि हामीलाई पक्कै साथ दिनेछ ।’
उनले यसपटकको तयारीमा पनि सन्तोषजनक रहेको सुनाए । उनले भने ‘तयारीमा यसपटक कुनै कमै भए जस्तो लाग्दैन । अब तयारी अनुसार मैदानमा प्रदर्शन गर्नु पर्ने हुन्छ ।’
केन्या राम्रो टोली भएकाले प्रतिस्पर्धा सहज नहुने पारस अनुमान लगाउँछन् । ‘च्याम्पियनसिपमा भएका सबै टोली उत्तिकै बलिया छन् । कसैले हराउन नसकेको नेदरल्यान्ड्सलाई हामीले उनीहरुकै मैदानमा हराएर आएका छौं’ उनले भने, ‘केन्यालाई हराउन हामी राम्रै खेल्नुपर्ने हुन्छ । केन्यासँगको खेल पक्कै सहज हुने छैन ।’
आठ राष्ट्रको सहभागिता रहेको डब्लुसिएल च्याम्पियनसिपमा ८ खेलमा ६ अंकसहित नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ । डब्लुसिएल दुई बर्षपछि आयोजना हुने विश्व कप क्रिकेटको छनोटको माध्यम पनि रहेकोले यसलाई सहभागी सबैले महत्वका साथ हेरेका छन् । अंक तालिकाको शीर्ष ४ मा रहने टोली तथा आइसिसी एक दिवसिय च्याम्पियनसिपको पुछारमा रहेका चार टोलीबीच अर्को बर्ष विश्व कप छनोट हुनेछ । त्यसैले पारस डब्लुसिएलका बाँकी सबै खेल महत्वपूर्ण रहेको बताउँछन् । ‘हाम्रा लागि बाँकी सबै खेल महत्वपूर्ण छन् ’ पारसले भने,‘त्यसमा पनि यो सुरुका यी दुई खेल झनै बढी महत्वपूर्ण छन् । यी दुई खेलका नतिजाले हामी कहाँ सम्म पुग्न सक्छौं भन्ने अनुमान गर्न सकिन्छ । अहिलेको परिस्थिति हेर्ने हो भने हामीले हरेक खेल राम्रो खेल्नुको विकल्प नै छैन । रिल्याक्स हुने अवस्था पटक्कै छैन ।’
डब्लूसिएल च्याम्पियनसिप अंक तालिकाको पुछारमा रहने चार टोली डिभिजन २ मा घटुवा हुनेछन् । यद्दपी त्यो अवस्थामा पनि विश्व कप छनोट खेल्ने अवसर भने बाँकी नै रहनेछ । तर, त्यसका लागि डिभिजन २ मा घटुवा हुने ४ टोली र डिभिजन ३ का फाइनल पुग्ने टोलीबीच पुनः राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ । त्यो राउन्ड रोविनमा शीर्ष दुईमा पर्ने टोलीले विश्व कप छनोटमा प्रवेश पाउनेछन् । १० खेलपछि नेदरल्यान्ड्स १६ अंकसहित डब्लुसिएल च्याम्पियनसिप अंकतालिकाको शीर्षस्थानमा छ । ८ खेलमा पपुवा न्युगिनीको १२, १० खेलमा हङकङको ११ अंक छ । बाँकी ८ खेल खेलेका टोली मध्ये स्कटल्यान्डको ११, केन्याको ८, नामिबिया र संयुक्त अरब इमिरेट्सको समान २ अंक छ ।
केन्याविरुद्ध पारसको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरीले पहिलो पटक मौका पाएका छन् । त्यस्तै अलरान्डर महबुब आलमले पुनरागमन गरेको राष्ट्रिय टोलीका अन्य सदस्यमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर,शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, भुवन कार्की, विनोद भण्डारी,करण केसी, सन्दिप लामिछाने र आरिफ शेख छन् । नेपाल र केन्याबीच दोस्रो खेल सोमबार हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]