3 months ago
September 17, 2025
एजेन्सी – पाकिस्तानका सर्वाधिक सफल टि ट्वान्टी ब्याटर बाबर आजमको स्थान लिँदै टोलीमा परेका ओपनर सैम अयुब एसिसी टि ट्वान्टी एसिया कपमा लगातार तेस्रो खेलमा डक आउट (शून्य) भएका छन् ।
दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ओपनर सैम अयुबलाई पाँचौं बलमै गुमायो ।
उनी तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा डिप थर्डमा मोहम्मद रहिदबाट क्याच आउट भएका हुन् । यसअघि उनी भारतविरुद्ध हार्दिक पान्ड्याको बलमा पहिलो बलमै जस्प्रित बुमराहबाट क्याच आउट भएका थिए ।
पहिलो खेलमा ओमानविरुद्ध उनी दोस्रो बलमै फैसल शाहको बलमा एलबिडब्लू आउट भए । अर्का ओपनर सहिबजादा फरान युएईविरुद्ध १२ बलमा ५ रन बनाउँदै क्याच आउट भएका छन् । उनी यसअघि ४४ बलमा ४० र ओमानविरुद्ध २९ बलमा २९ रनमै आउट भएका थिए ।
पाकिस्तानले आफ्ना दुई सर्वाधिक सफल टि ट्वान्टी ब्याटर तथा ओपनर बाबर आजम र मोहम्मद रिजवानलाई स्ट्राइकरेट कम भएको (टि ट्वान्टी शैलीमा) नखेलेको भन्दै टिमबाट हटाएको थियो ।
तर उनीहरुको स्थानमा आएका दुबै ओपनरको प्रदर्शन झनै कमजोर बनेको छ । बाबर र रिजवानलाई राजनीतिक कारण टोलीमा नराखेको भन्दै पाकिस्तानको चौतर्फी चर्को आलोचना भएको छ ।
आइतवार भारतसँग १ सय २७ रन बनाउँदै ७ विकेटले हारेपछि पाकिस्तानको आलोचना झनै बढेको छ । सुपर फोरमा पुग्न निर्णायक खेलमा पाकिस्तानले ३.४ ओभरमा १७/२ को अवस्थामा छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]