default_image

3 months ago

September 18, 2025

वेस्ट इण्डिजले नेपालविरुद्ध प्रमुख खेलाडी नराख्नुको यस्तो छ कारण

5127 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद) – नेपालसँग दुई सातापछि युएईको शारजाहमा हुने तीन टि ट्वान्टी आई सिरिजका लागि वेस्ट इण्डिजले बुधवार १५ सदस्यीय टोली घोषणा गरेको छ ।

स्पिनर अकिल हुसेनको कप्तानीमा घोषित टोलीमा ६ डेब्यू गर्न बाँकी खेलाडी छन् । वेष्ट इण्डिजबाट खेलेका खेलाडीमा पनि पहिलो रोजाईका अकिल मात्रै छन् ।

पछिल्लो समय सिनियर टोलीमा पूनरागमन गरेका जेसन होल्डर, मध्यक्रमका भरपर्दा ब्याटर केसी कार्टी, अलराउण्डर फबिएन एलेन, कायल मेयर्स र तीव्र गतिका बलर ओबेद म्याककोय नेपालविरुद्ध खेल्ने टोलीमा छन् ।

वेष्ट इण्डिज क्रिकेट बोर्डले घरेलु र क्यारेवियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका युवा खेलाडीलाई नेपालविरुद्ध टोलीमा समेटेको छ ।

नियमित कप्तान शाई होप, शिम्रन हेटमायर, रोभम्यान पावेल, शेर्फान रदरफोर्ड, रोमारियो शेफर्ड, अल्जारी जोशेफ, शमार जोशेफ, रोश्टन चेश लगायतका विश्व सुपरस्टार भने नेपालविरुद्ध खेल्ने सिरिजमा छैनन् ।

वेष्ट इण्डिज क्रिकेट बोर्डले सिनियर खेलाडी नराख्नुको बारे घोषणा टोलीमै उल्लेख गरेको छ । ‘यो २०२६ को टि ट्वान्टी विश्वकपलाई टिम निमार्ण गर्ने एउटा राम्रो सिरिज हो । सिनियर प्रमुख खेलाडीलाई ओर्कलोडलाई(कार्यभार) ध्यानमा राख्दै विश्राम दिएको छ’, वेष्ट इण्डिजले प्रेस विज्ञप्तिमा भनेको छ ।

वेष्टइण्डिजले भारतसँग दुई टेस्ट सिरिज अक्टोबर १ देखि खेल्दैछ । उक्त सिरिजमा रोश्टन चेश, शाई होप, अल्जारी जोशेफ, ब्रेन्डन किंग, शमार जोशेफ र जयमेन सिल्स टेस्ट टोलीमा समेटिएका छन् ।

गत अगष्ट दोस्रो सातादेखि सुरु भएको क्यारेवियन प्रिमियर लिग आगमी आइतवार सकिनेछ । त्यसैको कारण टेस्ट टोलीमा नसमेटिएका टि ट्वान्टी सुपरस्टारलाई विश्राम दिएको छ ।

गतवर्ष वेष्ट इण्डिज ए नेपालमा आएर पाँच टि ट्वान्टी अभ्यास खेल खेलेको थियो । उक्त सिरिजमा रोश्टन चेशले कप्तानी गरेका थिए । चेश टेस्ट टोलीका कप्तान हुँदा यस पटक नेपालविरुद्ध समेटिएका छन् ।

गतवर्ष नेपाल आएका ओबेद म्याककोय, केसी कार्टी, फबिएन एलेन यस पटक सिनियर टोलीमा समेटिएका छन् । उक्त सिरिज वेष्टइण्डिजले ३-२ ले जितेको थियो ।

यद्दपी ९ खेलाडीले भने वेष्टइण्डिजबाट खेलि सकेका छन् । जस्मा केही भने विश्वचर्चित खेलाडी छन् । १८ वर्षीय युवा ओपनर जेवेल एन्ड्रयूलाई पाकिस्तानविरुद्ध जुलाई ३१ मा टि ट्वान्टी आईमा डेब्यू दिएको थियो । उनी स्पिन राम्रो खेल्ने क्लिन हिटर मानिन्छन् । उनले डेब्यू खेलमा ३ छक्कासहित ३५ रन जोडेका थिए । तीन टि ट्वान्टी आईमा उनले ७१ रन बनाएका छन् ।

ओडिआई क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका २८ वर्षीय केसी कार्टीले ४ टि ट्वान्टी आई खेलेका छन् । नेपालविरुद्ध राम्रो प्रदर्शन गर्न सके मध्यक्रममा उनले सिनियर टोलीमा नियमित स्थान बनाउन सक्छन् ।

लखनऊ सुपर जायन्ट्सबाट आइपिएल खेलि सकेका कायल मेयर्स नेपालविरुद्ध खेल्ने स्टार ब्याटर हुन् । उनले वेष्टइण्डिजबाट १८ टेस्ट, २८ ओडीआई र ३८ टि ट्वान्टी आई खेलेका छन् । २०२१ मा टेस्टमा डेब्यूमै बंगलादेशविरुद्ध २ सय १० रनको दोहोरो शतकीय इनिङ खेलेका उनी आक्रामक ब्याटिङसँगै मध्य गतिका बलर हुन् ।

२८ वर्षीय बायाँ हाते विकेटकिपर आमिर जांग्गोले गत डिसेम्बरमा बंगलादेशविरुद्ध ओडिआई डेब्यूमै दोहोरो शतक हानेका थिए ।

जेसन होल्डर नेपालविरुद्ध खेल्ने सबैभन्दा अनुभवी खेलाडी र सुपरस्टार हुन् । पूर्वकप्तान समेत रहेका उनले ६९ टेस्ट, १३८ ओडआई र ७५ टि ट्वान्टी आई खेलेका छन् । संसारभरका लिग खेलेको अनुभव उनीमा छ ।

नेपालविरुद्ध कप्तान अकिल हुसेन भने सिमित ओभरमा वेष्ट इण्डिजका पहिलो रोजाईका खेलाडी हुन् । ३२ वर्षीय हुसेनले ३८ ओडिआई र ७८ टि ट्वान्टी आई खेलेका छन् । नेपाल र वेष्ट इण्डिजबीच २७, २९ र ३० सेप्टेम्बरमा खेल हुनेछ ।

नेपालविरुद्ध खेल्ने वेष्टइण्डिजका टोली

अकिल हुसेन, फबिएन एलेन, जवेल एन्ड्रयु, एकिम, अगष्ट,नविन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी,करिमा गोर, जेसन होल्डर, अमिर जांगो, कायल मेयर्स, ओबेद म्याककोय, जिशान मोतरा, रामोन सिमन्ड्स र शमार स्प्रिंगर ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.