default_image

3 months ago

September 19, 2025

छोराले लगातार ५ छक्का खाएपछि बुवाको हृदयघातले मृत्यु !

9424 views

0 Bookmark

एजेन्सी – श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ ।

एसिसी टि ट्वान्टी एसिया कपमा श्रीलंका र अफगानिस्तानबीचको खेल हेर्दै गर्दा उनलाई हृदयघात भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

आबुधाबीमा बिहीवार भएको खेलमा पहिलो इनिङको अन्तिम ओभरमा दुनिथलाई अफगानिस्तानका मोहम्मद नाबीले लगातार ५ छक्का हानेका थिए ।

हृदयघातको कारण आधिकारिक रुपमा खुलेको छैन । तर केही अन्तर्राष्ट्रिय मिडियाले खेल हेर्दै गर्दा हृदयघात भएको जनाएका छन् ।

श्रीलंका मिडिया लंकासाराका अनुसार सुरुंगाले अफगानिस्तान र श्रीलंकाबिचको खेल टेलिभिजनमा हेरेका थिए । छोराले लगातार ५ छक्का खाएपछि अत्याधिक भावनात्मक तनावको कारण सुरंगालाई छातीमा गम्भीर दुखाई भएको थियो ।

दुखाई लगत्तै उनलाई अस्पताल लगिएपनि बचाउन नसकेको लंकासाराले जनाएको छ । दुनिथलाई खेल सकिएपछि श्रीलंकाका कप्तान, प्रशिक्षक र टोली म्यानेजरले बावुको घटना सुनाएका थिए ।

सुपर फोरमा पुग्न जित्नै पर्ने खेलमा स्पिनर महेश थिक्सेनाको स्थानमा श्रीलंकाले अफगानिस्तानविरुद्ध उनलाई मौका दिएको थियो । चौथो ओभरमै आएका दुनिथ पहिलो ओभरमा ५ रन दिएका थिए ।

पहिलो बलमै चौका खाएपनि त्यसपछि ५ मध्ये ४ बल डट राखेका थिए । छैटौं ओभरमा उनले ५ रन दिए । त्यसपछि उनले १३ औं ओभरमा अफगानिस्तानका सर्वाधिक भरपर्दा ब्याटर इब्राहिम जद्रानलाई २४ रनमा क्याच आउट गराएका थिए । उनको सुरुवाती ३ ओभरमा २ चौकासहित कुल १७ रन खर्चेर १ विकेट लिएका थिए ।

श्रीलंका कप्तान चरिथ असंलकाले अन्तिम ओभर उनलाई दिन बाहेक अर्को विकल्प थिएन । किनभने अन्य चार बलरको समण ४ ओभर कोटा सकिसकेको थियो ।

प्रमुख तीव्र गतिका बलर नुवान थुषरा, दुश्मिन्था चामिरा, मध्यगतिका बलर दासुन शानका र स्पिनर वानिन्दु हसरंगा स्पेल सकिएको हुँदा उनीसँग दुनिथ अन्तिम विकल्प थिए । तर ४० वर्षीय अनुभवी नाबी उनीमाथि हाबी बने ।

अफगानिस्तान १९ ओभरमा १३७-७ को अवस्थामा हुँदा र सुपर फोरमा पुग्न जित्नै पर्ने हुँदा नाबी आक्रामक बनेका थिए । नाबीले उनलाई पहिलो बल लङअफ, दोस्रो र तेस्रो बल लङअनमा लगातार ३ छक्का हानेपछि उनी समस्यामा परेका थिए ।

युवा अलराउण्डर उनले दबाबमा त्यसपछि नो बल र लगातार २ छक्का भेटेका थिए । अन्तिम ओभरमा नाबीले ३२ रन जोडेपछि अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो । दुनिथले ५ रनमा नाबीको क्याच समेत छाड्न पुगेका थिए ।

१७ औं ओभरको दोस्रो बलमा दुश्मन्था चामिराको बलमा दुनिथले ब्याकवार्ड डीपस्क्यार लेगमा क्याच छाड्न पुगेका थिए ।

तर नाबीले २२ बलमा ३ चौका र ६ छक्कासहित कुल ६० रन जोड्दै अफगानिस्तानको आशा जगाएका थिए । श्रीलंकाले १ सय ७० रनको लक्ष्य १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

खेलपछि श्रीलंकाका खेलकुद पत्रकारले नाबीलाई उनको बुवको मृत्युको घटना सुनाएका थिए । त्यो सुनेपछि नाबी माफी माग्दै निराशका साथ टोलीको बस चढेका थिए । उनका बुव सुरंगा घरेलु क्रिकेट खेलेका खेलाडी हुन् । बुवाको प्रशिक्षणमै दुनिथले बाल्यकालमा क्रिकेट सिकेका थिए ।

२२ वर्षीय दुनिथ श्रीलंका क्रिकेटमा सम्भावना बोकेका युवास्टार हुन् । उनले १ टेस्ट, ३१ ओडिआई र ५ टि ट्वान्टी आई खेल खेलेका छन् ।

सन् २०२३ को एकदिवसीय एसिया कपमा उनले भारतविरुद्ध ५ विकेट लिनुको साथै ४२ रन जोड्दै हारका बाबजुद प्लेयर अफ द म्याच चुनिएका थिए ।

२०२४ मा तेस्रो ओडिआई खेलमा कोलम्बोमा भारतलाई १ सय ३८ रनमा अल आउट गर्दै १ सय १० रनको फराकिलो जित दिलाउन उनले एक्लै ५ विकेट लिएका थिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.