default_image

3 months ago

September 20, 2025

भारतलाई स्तब्ध पार्नबाट चुक्यो ओमान

8222 views

0 Bookmark

एजेन्सी – ओमानले एसीसी टीट्वान्टी एसिया कपमा विश्व क्रिकेटको पावरहाउस भारतलाई स्तब्ध पार्नबाट २१ रनले चुकेको छ । समूह ए को अन्तिम खेलमा ओमान भारतसँग पराजित भएपनि प्रदर्शन उत्कृष्ट गर्न सफल भएको हो ।

जित्नलाई १ सय ८९ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । ओमानका अनुभवी अलराउण्डर आमिर कलिमले ४६ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए । हमाद मिर्जाले ३३ बलमा ५ चौका र २ छक्कासहित ५३ रन बनाए ।

दोस्रो विकेटलाई कलिम र मिर्जाले ९३ रनको साझेदारी गरेपछि ओमानलाई जित्नलाई अन्तिम १५ बलमा ४० रन चाहिँएको थियो । हर्षित रानाको बलमा हार्दिक पान्ड्याले उत्कृष्ट क्याच लिएपछि कलिम आउट भएका थिए । त्यसपछि भने ओमानले राम्रो ब्याटिङ गर्न सकेन । १९ औं ओभरमा हार्दिक पान्ड्याले ६ रन मात्रै दिएपछि ओमानको जित कठिन बनेको थियो । अन्तिम ओभरमा जित्नलाई ३५ रन चाहिँदा ओमानले १२ रन जोडेको थियो । अन्तिम दुई ओभर बाहेक अन्यमा भने ओमानको प्रदर्शन उत्कृष्ट रह्यो ।

ओमानलाई कप्तान जतिन्दर सिंह र अमिर कलीमले पहिलो विकेटलाई ८.३ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । जतिन्दर कुलदीप यादवको बलमा बोल्ड आउट हुनुअघि ३३ बलमा ५ चौकासहित ३२ रन बनाए । त्यसपछि क्रिजमा आएका हमाद मिर्जा र कलिमले सानदार ब्याटिङ गर्दै एक समय जितको आशा दिलाएका थिए । दुबै ब्याटरले अर्धशतक प्रहार गरेपनि खेल अन्त्य गर्न भने सकेनन ।

भारतका अर्शदीप सिंह, हर्षित राना, कुलदीप यादव र हार्दिक पाण्ड्याले -११ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । भारतका सन्जु स्यामसनले ४५ बलमा ३ चौका र छक्कासहित सर्वाधिक ५६ रन बनाए ।

ओपनर अभिषेक शर्मा १५ बलमा ५ चौका र २ छक्कासहित ३८, शुभमन गिल ५, हार्दिक पाण्ड्या १, अक्षर पटेल २६, शिबम दुबे ५, तिलक बर्मा २९ रन बनाए ।

भारतलाई विशाल योगफल बनाउनबाट रोक्न ओमानका फैसल शाहले ४ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । जितेन रमानान्दिले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । अमिर कलिमले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.