3 months ago
September 20, 2025
काठमाडौ (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला क्रिकेट टोली ५ टि ट्वान्टी आई सिरिजका लागि मलेसिया जाने भएको छ।
नेपाल र मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीबीच असोज १६ देखि २२ गते (अक्टोबर २ देखि ८) सम्म टि ट्वान्टी सिरिज हुनेछ।
त्यसअघि असोज ८ देखि १४ गते (सेप्टेम्बर २४ देखि ३०) सम्म हुने मलेसियन सुपर उमन्स सिरिजमा नेपाली टोलीका खेलाडीले ५ फरक टोलीबाट खेल्नेछन्।
मलेसियासँगको सिरिज र सुपर सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) शनिवार १४ सदस्यीय टोलीको घोषणा गरेको छ।
नेपाली महिला क्रिकेट टोली
१. इन्दु बर्मा
२. पूजा महतो
३. राममति ऐरी
४. सम्झना खड्का
५. कविता जोशी
६. रिया शर्मा
७. सोमु बिष्ट
८. रचना चौधरी
९. रुबी पोद्दार
१०. यशोदा बिष्ट
११. सावित्रा धामी
१२. कविता कुँवर
१३. रुविना क्षेत्री
१४. सिता राना मगर

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]