default_image

3 months ago

September 20, 2025

महिला क्रिकेट टोलीमा ५ परिवर्तन, सीताको पुनरागमन

670 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ ( क्यान) ले आज मलेसियाविरुद्धको टि ट्वान्टी सिरिजका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ।

अनुभवी खेलाडी सीता राना मगरले टोलीमा पुनरागमन गरेकी छिन्।‌ यसअघिको टोलीमा ५ खेलाडी परिवर्तन गरिएको छ।

सीता चोटका कारण लामो समय मैदान बाहिर थिइन्। यशोदा बिष्ट पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल रहिन्।

पछिल्लो पटक ग्लोबल क्वालिफायर खेल्दाका ५ खेलाडीले‌ यसपटक पटक टोलीमा छैनन्। विन्दु रावल, मनिषा उपाध्याय, सबनम राई, ईश्वरी बिष्ट र रोमा थापा‌ टोलीमा परेनन्।‌

उनीहरूको ठाउँमा सीता र यशोदासँगै सोमु बिष्ट, रचना चौधरी र साबित्रा धामी परेका छन्। नेपाल र मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीबीच असोज १६ देखि २२ गते (अक्टोबर २ देखि ८)  सम्म टि ट्वान्टी सिरिज हुनेछ।

त्यसअघि असोज ८ देखि १४ गते (सेप्टेम्बर २४ देखि ३०)  सम्म हुने मलेसियन सुपर वुमन्स सिरिजमा नेपाली टोलीका खेलाडीले ५ फरक टोलीबाट खेल्नेछन्।
ग्लोबल क्वालिफायरको तयारीको लागि यो सिरिजमा नेपालले सहभागिता जनाउन लागेको हो।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली

इन्दु बर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिष्ट, सावित्रा धामी,कविता कुँवर, रुविना क्षेत्री, सिता राना मगर

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.