default_image

3 months ago

September 21, 2025

भारतले टस जित्यो, सूर्य हात नमिलाई फर्किए

2022 views

0 Bookmark

एजेन्सी – भारतले एसीसी टी ट्वान्टी एसिया कपमा पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकोछ । दुबई क्रिकेट रंगशालामा भारतका कप्तान सूर्यकुमार यादवले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

भारत र पाकिस्तान दुबैले टोलीमा दुई परिवर्तन गरेका छन् । भारतले पछिल्लो खेलमा ओमानविरुद्ध खेलेका हर्षित राना र अर्शदीप सिंहलाई बेन्चमा राख्दै जस्प्रित बुमराह र बरुण चक्रवर्तीलाई मैदान उतारेको छ । पाकिस्तानले पछिल्लो खेलमा युएईविरुद्ध खेलबाट हसन नवाज र खुशदील शाहलाई बेन्चमा राख्दा हुसेन तालत र फहिम अशरफलाई आज खेलाएको छ ।

समूह चरणमा दुबै टोलीले हात मिलाएका थिएनन् । टसमा पनि दुबै कप्तानले हात मिलाएका थिएनन् । ठूलो विवादकाबीच खेलेका यी दुई देशका कप्तानले आजको खेलमा एकले अर्कालाई टसको समयमा हेरेनन् । टस जितेर सूर्य हात नमिलाई फर्किएका छन् ।

पाकिस्तानको प्लेइङ ११

शहिबजादा फरान, सैम अयुब, फखर जमान, सलमान अली अघा, हुसेन तालत, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, हरिस रौफ, मोहम्मद हरिस, अब्रार अहमद र फहिम अशरफ ।

भारतको प्लेइङ ११ :

अभिषेक शर्मा, शुभमन गिल, सन्जु स्यामसन, सूर्यकुमार यादव, तिलक बर्मा, हार्दिक पान्ड्या, अक्षर पटेल, बरुण चक्रवर्ती, कुलदीप यादव, जस्प्रित बुमराह र शिबम दुबे ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.