3 months ago
September 21, 2025
एजेन्सी – ओपनर शहिबजादा फरानको अर्धशतकको सहयोगमा पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपमा भारतलाई १ सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७१ रन बनायो ।
पाकिस्तानका ओपनर शहिबजादा फरानले ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाए । इनिङको तेस्रो बलमै हार्दिक पान्ड्याको बलमा ठूलो सट खेलेका फरानको क्याच अभिषेक शर्माले खाता नखोल्दै डीप थर्डमा र ३२ रनमा डिपमिडविकेटमा क्याच छाडेका थिए । दुई क्याचको फाइदा उठाउँदै फरानले महत्वपूर्ण अर्धशतक प्रहार गरे ।
पाकिस्तानलाई ओपनर फखर जमान र शहिबजादा फरानले २.३ ओभरमा २१ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए । लगातार तीन खेलमा शून्यमा आउट भएपछि सैम अयुबको स्थानमा पाकिस्तानले फखरलाई ओपनिङमा ल्याएको थियो ।
तर फखरलाई थर्डअम्पायरले विवादस्पद आउट भए । हार्दिक पान्ड्याको बलमा एज लागेर विकेटकिपर सञ्जु स्यामसनले उनको क्याच लिएका थिए । तर बल पहिला जमिनमा लागेर किपरको गल्भ्समा गएको देखिएपनि अम्पायरले आउट दिएका थिए ।
दोस्रो विकेटलाई सैम अयुब र फरानले ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै पाकिस्तानलाई बलियो योगफलको सम्भावना देखाएका थिए । सैम दुबेको बलमा १७ बलमा १ चौका र १ छक्कासहित २१ र हुसेन तालत १० रनमा आउट भए । सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ९१ रन बनाएको पाकिस्तानले त्यसपछि भने रनको गति बढाउन सकेन ।
मोहम्मद नवाज १९ बलमा २१ रनमा आउट भए । फहिम अशरफले ८ बलमा १ चौका र २ छक्कासहित २० तथा कप्तान सलमान अली अघा १७ रनमा अविजित रहे ।
भारतका शिबम दुबेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा ४५ रन खर्चिदा विकेटविहीन बने । कुलदीप यादव र हार्दिक पान्ड्याले १–१ विकेट लिए । यसअघि समूह चरणमा पाकिस्तान भारतसँग ७ विकेटले हार्न पुगेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]