default_image

2 months ago

September 24, 2025

पाकिस्तानले श्रीलंकालाई हरायो

2088 views

0 Bookmark

एजेन्सी ( पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै फाइनलको सम्भावना कायमै राखेको छ । जित्नलाई १ सय ३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानका मोहम्मद नवाज २४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३८ तथा हुसन तालत ३० बलमा ४ चौकासहित ३२ रनमा अविजित रहे । ओपनर शहिबजादा फरानले १५ बलमा २ छक्का र १ चौकासहित २४, फखर जमान १७, मोहम्मद हरिस १३, सैम अयुब २ र कप्तान सलमान अली अघा ५ रनमा आउट भए ।

श्रीलंकाका महेश थिक्सेना र वानिन्दु हसरंगाले २(२ तथा दश्मन्था चामिराले १ विकेट लिए ।

त्यसअघि आबुधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । श्रीलंकाका कामिन्दु मेन्डिसले ४४ बलमा ३ चौका र २ छक्कासहित ५०, पाथुम निसांका ८, कुशल मेन्डिस डक, कुशल परेरा १५, कप्तान चरिथ असलंका २०, दासुन शानका डक, वानिन्दु हसरंंगा १५ र चामिका करुणारत्ने १७ रन बनाए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३, हरिस रौफ र हुसन तालतले २(२ तथा अब्रार अहमदले १ किकेट लिए । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ४ विकेटले हारेको थियो । अब भारतसँग शुक्रबार अन्तिम खेल खेल्नेछ । पाकिस्तान पहिलो खेलमा भारतसँग ५ विकेटले हारेको थियो । अब बिहीबार बंगलादेशसँग खेल्नेछन् । बुधबार भारत र बंगलादेश खेल्दैछन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.