2 months ago
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले तिलोत्तमा क्रिकेट लिगको सर्वोत्कृष्ट खेलाडीलाई आफ्नो एनपिएल क्याम्पमा समावेश गर्ने भएको छ ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा असोज १९ गतेदेखि एक्स्ट्राटेक ओभल मैदानमा माध्यमिक विद्यालय स्तरीय क्रिकेट लिग हुँदैछ । खेलमा १९ वर्षमुनि उमेरका कक्षा १२ सम्म अध्ययनरत खेलाडी सहभागी हुन पाउनेछन् । सहभागी टीममा खेलासिकी एकेडेमी, नेपथ्य कलेज, बुटवल डाईनामाईट, विश्व लायन टटल्स, पी टु के डी र द रिभीभेलियन्स रहेका छन् ।
अक्सनका लागि २ सय खेलाडीको नाम दर्ता भएकामा अक्सनमार्फत प्रत्येक टोलीले समान १४ गरी ८४ खेलाडीलाई अनुबन्ध गरेको उपाध्यक्ष कृष्ण प्रसाद भुषालले बताए । प्रत्यक टोलीका कप्तान र मार्की खेलाडीले १० हजार रुपैयाँ र बाँकी खेलाडीले ५ हजार रुपैयाँ पाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले लुम्बिनी लायन्सको तयारी क्याम्पमा सहभागी हुने अवसर पाउनेछन् ।
द रिभाइभलियन्सको कप्तानी सिद्धार्थ ढकालले गर्नेछन् भने मार्की खेलाडी प्रिन्स पाल रहने छन् । खेलसिकी ओर्कासको कप्तानी अञ्जिला पाठकले गर्नेछिन् । उनी ६ टोलीमध्ये एक मात्र महिला कप्तान हुन् । उनको टोलीमा मार्की खेलाडी सुशान्त सुवेदी रहेका छन् ।
विश्व लायन टर्टल्सको कप्तानी आशुतोष पाण्डेले गर्नेछन् । उनको टोलीको मार्की खेलाडी शुभम खनाल रहने छन् । छैटौं टोली पिके २ डीको कप्तानी सागर भण्डारीले गर्नेछन् भने मार्की खेलाडीमा रुद्रांश भट्टराई छन् ।
बुटवल डायनामाइटको कप्तानी सागर गैरेले गर्दा मार्की खेलाडी सुप्रीम कँडेल रहेका छन् । नेपथ्य ईगलको कप्तानी लक्ष्मण कुम्हालले गर्नेछन् भने मार्की खेलाडी समीर अली रहेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]