default_image

2 months ago

September 24, 2025

बंगलादेशलाई हराउँदै भारत फाइनलमा

3495 views

0 Bookmark

एजेन्सी -भारतले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । जित्नलाई १ सय ६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १ सय २७ रनमा अल आउट भयो ।

बंगलादेशका ओपनर सैफ हसनले ५१ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रभेज हसन इटनले २१ रन बनाउदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । बरुण चक्रवर्तीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले २, तिलक बर्मा र अक्षर पटेलले १-१ विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका ओपनर अभिषेक शर्माले ३७ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।

ननस्ट्राइकबाट एक रन लिन पिचको मध्य भागमा पुगेपनि ब्याकवार्ड प्वाइन्टका फिल्डर रिसाद हसनले बलर मुश्तिाफिजुर रहमानलाई सिधैं बल थ्रोको मार्फत दिएपछि सूर्यले रन लिन नमान्दा अभिषेक रन आउट हुन पुगेका थिए ।

अभिषेक रन आउट हुँदा भारत ११.१ ओभरमा ११२-१ को मजबुत अवस्थामा थियो । तर मध्यक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा विशाल योगफल बनाउन चुकेको थियो । भारतले सुरुवातमा बंगलादेशलाई केही हल्कारुपमा लिदै आफ्ना ब्याटरलाई अनावश्यक ब्याटिङक्रम परिवर्तन गरेको थियो । उक्त निर्णय भारतलाई मध्यक्रममा भारी पर्यो ।

भारतलाई ओपनर अभिषेक र शुभमन गिलले ६.२ ओभरमा ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । रिसादको बलमा ठूलो सट खेलेका गिल तान्जिम हसन सकिबबाट आउट हुनुअघि १९ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाए । तेस्रो नम्बरमा आएका दुबे रिसादलाई नै ठूलो सट खेल्ने धुनमा २ रनमा क्याच आउट हुन पुगेका थिए । कप्तान सूर्य कुमार र तिलक बर्मा ५-५ रनमा आउट भए ।

हार्दिक पान्ड्या २९ बलमा ४ चौका र १ छक्कासहित ३८ तथा अक्षर पटेल १५ बलमा १० रनमा अविजित रहे । बंगलादेशका रिसाद हसनले २, तान्जिम हसन सकिब, मुश्ताफिजुर रहमान र मोहम्मद सैफुदीनले १-१ विकेट लिए ।

सुपर फोरमा यसअघि भारतले पाकिस्तान तथा बंगलादेशले श्रींलंकालाई हराएको थियो । बिहीबार पाकिस्तान र बंगलादेश सुपर फोरमा भिड््दै छन् । उक्त खेलको विजेता सुपर फोरमा पुग्नेछ । भारतले अन्तिम खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ । श्रीलंका भने फाइनल दौडबाट बाहिरि सकेको छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.