default_image

2 months ago

September 25, 2025

कर्णाली याक्स र याक एण्ड यतिबीच सहकार्य

267 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोर्टस प्रा.लिले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि होटेल याक एण्ड यतिसँग सहकार्य गरेको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र होटल प्रतिनिधिबीच आज सम्झौतामा हस्ताक्षर भयो । यसअघि एनपिएलको दोस्रो संस्करणको लागि पनि कर्णाली याक्सले हिल्टन होटेलसँग सम्झौता नवीकरण गरेको थियो ।

जेनजी प्रदर्शनको क्रममा हिल्टनमा आगलागी भएपछि कर्णाली याक्सले याक एण्ड यतिसँग हस्पिटालिटी पार्टनरको रुपमा सम्झौता गरेको हो ।

एनपिएलका दौरान कर्णाली याक्सका खेलाडी तथा अफिसियल दरबारमार्ग स्थित याक एण्ड यति होलटमा बस्नेछन् ।

एनपिएल ( २०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म) को पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

मंसिर १ देखि २७ गतेसम्म हुने दोस्रो संस्करणमा पनि कर्णालीले उत्साहजन सहभागिताको लागि प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।

यस्तै, कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ ।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.