default_image

2 months ago

September 26, 2025

अफ्रिदीको उत्कृष्ट प्रदर्शनमा पाकिस्तान फाइनलमा

2713 views

0 Bookmark

एजेन्सी ( तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । पाकिस्तानले आइतबार भारतसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

जित्नलाई १ सय ३५ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनायो ।

बंगलादेशका शमिम हुसैनले २५ बलमा २ छक्कासहित सर्वाधिक ३० रन बनाए । ओपनर सैफ हसन १८, प्रवेज हसन एमोन डक, हृदोय ५, मेहेदी हसन ११, नुरुल हसन १६ र जाकेर अली ५ रनमा आउट भए ।


पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । पार्टटाइम स्पिनर सैम अयुबले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो ।

पाकिस्तानका मोहम्मद हरिसले २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाए । शीर्षक्रमका ब्याटर शहिबजादा फरान ४, फखर जमान १३, सैम अयुब डक र कप्तान सलमान अली अघा १९ रनमा आउट भए । सैम यस एसिया कपमा ६ मध्य ४ खेलमा डक आउट भएका छन् ।

तल्लोक्रममा शाहिन शाह अफ्रिदी १९ र मोहम्मद नवाजले १५ बलमा १ चौका र २ छक्कासहित २५ तथा फहिम अशरफले १४ रन बनाए ।

बंगलादेशका तस्किन अहमदले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । मेहेदी हसन र रिसाद हुसेन २-२ विकेट लिए । फाइनल आइतबार हुनेछ । भारतले सुपर फोरको अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.