default_image

2 months ago

September 26, 2025

एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा भिड्ने

1941 views

0 Bookmark

एजेन्सी – भारत र पाकिस्तान एसिया कप इतिहासमा पहिलो पटक फाइनलमा भिड्ने भएका छन् ।

युएईमा जारी एसीसी टि ट्वान्टी एसिया कपको सुपर फोरमा भारत र पाकिस्तान शीर्ष दुईमा रहँदै फाइनलमा स्थान बनाएका छन् ।

फाइनलमा पुग्न बिहीवार निर्णायक खेलमा पाकिस्तानले बंगलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

भारतले भने शुक्रबार श्रीलंकासँग खेल्नु अगावै नै लगातार दुई जितका साथ फाइनलमा स्थान बनाएको थियो ।

सन् १९८४ देखि सुरु भएको एसिया कपका यसअघि १६ संस्करणको फाइनलमा भारत र पाकिस्तान भिडेका थिएनन् ।

भारतले ८ पटक ( १९८४, १९८८, १९९०/ ९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३) मा एसिया कप उपाधि जितेको थियो । त्यस्तै पाकिस्तानले २००० र २०१२ मा एसिया कप उपाधि जितेको थियो ।

यसअघि समूह चरण र सुपर फोर दुबैमा भारतले पाकिस्तानलाई हराएको थियो । दुबई क्रिकेट रंगशालामा आइतवार हुने फाइनलमा भारत र पाकिस्तानबीचको प्रतिस्पर्धा निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।

केही महिनाअघि भारतको जम्मुकश्मिर स्थित पहलगाममा आतंककारी आक्रामणपछि यी दुई देशबीच युद्ध भएको थियो ।

त्यसपछि भारतीय खेलाडीले पाकिस्तानको टोलीसँग हात समेत मिलाएका छैनन् । त्यसैले आइतवार हुने फाइनल निकै महत्वका साथ हेरिएको छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.