default_image

2 months ago

September 27, 2025

नेपालले वेष्टइण्डिजलाई दियो मध्यम लक्ष्य

780 views

0 Bookmark


दुबई (हाम्रो खेलकुद) – नेपालले पहिलो टी–२० आई खेलमा वेष्टइण्डिजलाई १ सय ४९ रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनायो ।

नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाए । नेपालको सुरुवात भने राम्रो हुन सकेन ।

ओपनर कुशल भुर्तेल तेस्रो ओभरको पहिलो बलमा स्पिनर तथा कप्तान अकिल हुसेनलाई अघि बढेर सट खेल्ने खोज्दा इनस्वींग (लेगस्टम्पमा) आएको बल मिस भएपछि विकेटकिपर आमिर जांगोबाट ६ रनमा स्टम्पिङ आउट भए । अर्का ओपनर आसिफ शेख अर्को ओभरको पहिलो बलमा अनुभवी जेसन होल्डरलाई सट खेलेपनि ब्याटमा राम्रोसँग नलागेपछि मिडअनमा केसी कार्टीबाट ३ रनमा क्याच आउट भए ।

एक समय ३.१ ओभरमा १२-२ को अवस्थामा पुगेको नेपाललाई तेस्रो विकेटलाई कुशल मल्ल र रोहित पौडेलले ५८ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार देखाएका थिए । कुशल मल्ल स्पिनर नविन बिडैसीलाई ठूलो सट खेल्ने धुनमा लङअनमा जेसन होल्डबाट क्याच आउट भए । उनले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे ।

नविनलाई नै १३ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका रोहित डीपमिडविकेटमा क्याच आउट हुन पुगेका थिए । ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बटुले ।

गुलशन झाले नेपाललाई राम्रो अन्त्यको सम्भावना देखाएका थिए । तर नविनलाई नै १७ औं ओभरको पाँचौं बलमा ठूलो सट खेल्दा केसी कार्टीबाट तेस्रो प्रयासमा लङअफमा क्याच आउट भए । गुल्शनले १६ बलमा २ छक्कासहित २२ रन जोडे । टेस्ट टोलीविरुद्ध संघर्ष गर्दै आएका दीपेन्द्रसिंह ऐरी १९ बलमा १ छक्कासहित १७ रनमा क्याच आउट भए । सन्दीप जोरा ९ र करण केसी डक आउट भए । १९ औं ओभरमा दीपेन्द्र, करण र सन्दीप क्याच आउट भएका थिए ।

वेष्टइण्डिजका मध्य गतिका बलर जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । स्पिनर नविन बिडैसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । कप्तान अकिल हुसेनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।

नेपालले सुरुवाती ६ ओभरमा २ विकेट गुमाउँदै ३४ रन, त्यसपछि ७ देखि १५ ओभरमा २ विकेट गुमाउँदै ७४ र १६ देखि २० ओभरमा ४ विकेट गुमाउँदै ४० रन बटुलेको थियो ।

नेपालले आजको खेलमा स्पिनर सन्दीप लामिछानेलाई अन्तिम १५ मै राखेको छैन । तीन खेलको सिरिजमा दोस्रो खेल सोमबार र तेस्रो मंगलबार शारजाहमा हुँदैछ । नेपालको घरेलु मैदान टीयु निर्माणधिन हुँदा अर्को सातादेखि ओमानमा हुने टी२० विश्वकप छनोट अघि तयारीको रुपमा नेपालले वेष्टइण्डिजसँग तीन खेलको सिरिज खेलेको हो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.