2 months ago
September 27, 2025
दुबई (हाम्रो खेलकुद) – नेपालले पहिलो टी-२० आई खेलमा वेष्टइण्डिजमाथि १९ रनको ऐतिहासिक जित हात पारेको छ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पहिलो पटक कुनैपनि टेस्ट टोलीलाई हराउन सफल भएको हो । वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी२० विश्वकप च्याम्पियन टोली हो । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएकोछ ।
जित्नलाई १ सय ४९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन मात्रै बनाउन सक्यो । वेष्टइण्डिजका अमिर जांगोले १९ र नविन बिडैसीले सर्वाधिक २२ रन बनाए ।
दोस्रो ओभरको दोस्रो बलमै कुशल भुर्तेलको डाइरेक्ट थ्रोमा ओपनर काइल मेयर्स ५ रनमै रन आउट भएका थिए । त्यसपछि नन्दन यादवको पाँचौं ओभरको अन्तिम बलमा कलिम अगस्टे १५ रनमा क्याच आउट भएका थिए ।
जवेल एन्ड्यु ५, केसी कार्टी १६, नविन २२ र जेसन होल्डर ५ रनमा आउट भए । एक समय १६.३ ओभरमा ९४(७ को दयनीय अवस्थामा पुगेको वेष्टइण्डिजलाई कप्तान अकिल हुसेन र फबिएन एलेन अन्तिम आशाको रुपमा थिए । अन्तिम १८ बलमा ४९ रन चाहिँदा १८ औं ओभरमा १९ रन खर्चेका थिए । त्यसपछि १२ बलमा वेष्टइण्डिजलाई ३० रन चाहिँदा करण केसी बलिङमा आएका थिए ।

तर करणले उत्कृष्ट बलिङका साथ मात्रै २ रन दिएपछि नेपालको एतिहासिक जित पक्का जस्तै बनेको थियो ।
नेपालका कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १-१ विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाएका थिए ।
ओपनर कुशल भुर्तेललाई ६ र आसिप शेखलाई ३ रनमा गुमाउँदा एक समय ३.१ ओभरमा १२(२ को अवस्थामा पुगेको नेपाललाई तेस्रो विकेटलाई कुशल मल्ल र रोहित पौडेलले ५८ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार देखाएका थिए ।
तर त्यसपछि पाएको सुरुवातलाई ठूलो इनिङमा कुनैपनि ब्याटरले परिणत गर्न नसक्दा बलियो योगफल बनाउन चुकेका थियो ।
कुशल मल्ल स्पिनर नविन बिडैसीलाई ठूलो सट खेल्ने धुनमा लङअनमा जेसन होल्डबाट क्याच आउट भए । उनले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे ।

नविनलाई नै १३ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका रोहित डीपमिडविकेटमा क्याच आउट हुन पुगेका थिए । ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बटुले ।
गुलशन झाले नेपाललाई राम्रो अन्त्यको सम्भावना देखाएका थिए । तर नविनलाई नै १७ औं ओभरको पाँचौं बलमा ठूलो सट खेल्दा केसी कार्टीबाट तेस्रो प्रयासमा लङअफमा क्याच आउट भए । गुल्शनले १६ बलमा २ छक्कासहित २२ रन जोडे । टेस्ट टोलीविरुद्ध संघर्ष गर्दै आएका दीपेन्द्रसिंह ऐरी १९ बलमा १ छक्कासहित १७ रनमा क्याच आउट भए । सन्दीप जोरा ९ र करण केसी डक आउट भए । १९ औं ओभरमा दीपेन्द्र, करण र सन्दीप क्याच आउट भएका थिए ।
वेष्टइण्डिजका मध्य गतिका बलर जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । स्पिनर नविन बिडैसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । कप्तान अकिल हुसेनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार खेल्ने कार्यक्रम छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]