2 months ago
September 28, 2025
दुबई (हाम्रो खेलकुद) – पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कप २०२५ को फाइनलमा भारतलाई उपाधि जित्न १ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ ।
दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.१ ओभरमा १ सय ४६ रनमा अल आउट भयो । एक समय १२.४ ओभरमा ११३-१ को अवस्थामा रहेको पाकिस्तानले बाँकी ३३ रन जोड्न ९ विकेट गुमाएपछि विशाल योगफलको अवसर गुमाएको हो ।
पाकिस्तानका ओपनर शहिबजादा फरानले ३८ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रन बनाए । उनको यो भारतविरुद्ध लगातार दोस्रो अर्धशतक हो ।
पाकिस्तानलाई ओपनर शहिबजादा फरान र फखर जमानले ९.४ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । फखर जमान ३५ बलमा २ चौका र २ छक्कासहित ४६ र सैम अयुब १४ रनमा आउट भए । पाकिस्तानका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
स्पिनर बरुण चक्रवर्तीको बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा उनी दशौं ओभरको चौथो बलमा मिडविकेटमा क्याच आउट भएका थिए । पावर प्लेमा ४५ रन जोडेको पाकिस्तानले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ८७ रनका साथ बलियो अवस्थामा थियो ।
त्यसपछि पाकिस्तानले निरन्तर विकेट गुमायो । खराब लयमा रहेका सैम अयुब १४ र मोहम्मद शून्यमा आउट भए । फखर जमान आउट भएपछि पाकिस्तान १४.४ ओभरमा १२६–४ को अवस्थामा पुगेको थियो । एक समय पाकिस्तान १२.४ ओभरमा ११३–१ को मजबुत अवस्थामा थियो । त्यसपछि पनि पाकिस्तान सम्हाल्लिन सकेन । कप्तान सलमान अली आघा ८ र हुसेन तालत १ रनमा आउट भए ।
१७ औं ओभरमा कुलदीप यादवले तीन विकेट लिदै बलियो योगफलको सम्भावना कठिन बनाएका थिए । एक समय ११३(१ को अवस्थामा रहेको पाकिस्तान १७ ओभरमा १३४-८ को अवस्थामा पुगेको थियो ।
कुलदीप यादवले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराह र बरुण चक्रवर्तीले २-२ विकेट लिए
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]