2 months ago
September 29, 2025
दुबई (हाम्रो खेलकुद) – ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर सन्दीप जोराको कीर्तिमानी शतकीय साझेदारीमा नेपालले युनिटी कपको दोस्रो खेलमा वेष्ट इण्डिजलाई १ सय ७४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । शारजाहमा १ सय ७० माथिको योगफल पूरा गर्न निकै चुनौतीपूर्ण मानिन्छ ।
नेपालका ओपनर आसिफ शेख ४७ बलमा ८ चौका र २ छक्कासहित ६८ रनमा नट आउट रहे । सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्कासहित ६३ रन बनाए ।
चौथो विकेटलाई सन्दीप र आसिफले १ सय रनको शतकीय साझेदारी गरेका थिए । नेपालको टी२० आईमा यो चौथो विकेटलाई भएको उच्च साझेदारी हो ।
यसअघि नेपालबाट २०२३ मा आसिफ र रोहितले युएईविरुद्ध टि ट्वान्टी आईमा चौथो विकेटलाई ९९ रनको साझेदारी गरेका थिए । त्यस्तै टेस्ट टोलीविरुद्ध टि २० आईमा पहिलो पटक नेपाली ब्याटरको अर्धशतक र शतकीय साझेदारी पनि हो ।
नेपालको सुरुवात दोस्रो खेलमा पनि राम्रो हुन सकेन । स्पिनर अकिल हुसेनले कुशल भुर्तेललाई २ रनमा एलबिडब्लू आउट र कप्तान रोहितलाई ३ रनमा बोल्ड आउट गर्दै ३.३ ओभरमा १४-२ को अवस्थामा पुर्याएका थिए ।
त्यसपछि कुशल मल्ल ७ रनमा रन आउट भए । ननस्ट्राइकबाट रन लिन कुशल दौडिएपनि आसिफले पिचको केही भागमा आएर फर्किएपछि कुशल पुनः ननस्ट्राइकमा फर्किने क्रममा रन आउट भएका थिए ।
नेपाल ६.४ ओभरमा ४३(३ को अवस्थामा हुँदा क्रिजमा आएका सन्दीप जोराले आसिफ शेखसँग मिलेर राम्रो योगफल बनाएका थिए ।
आदिल अन्सारी ५ बलमा १ चौका र १ छक्कासहित ११ तथा गुल्शन झाले ६ रन बनाए । वेष्टइण्डिजका अकिल हुसेन र कायल मेयर्सले समान २ विकेट लिए ।
युनिटी कपको पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई १९ रनले हराएको थियो । नेपालले टेस्ट टोलीलाई आफ्नो इतिहासमा पहिलो पटक हराएको हो । अन्तिम खेल मंगलवार हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]