default_image

9 years ago

March 10, 2017

करण राष्ट्रिय क्रिकेट टोलीबाट बाहिरीए

119 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तेज बलर करण केसी अस्वस्थताका कारण राष्ट्रिय टोलीबाट बाहिरिएका छन्। भोलि आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत केन्याबिरुद्धको खेलमा करण उपस्थित नहुने पक्का भएको छ।

फाइल तस्बिर/ आइसीसी

फाइल तस्बिर/
आइसीसी

पेट दुख्ने र बान्ता लाग्ने समस्या देखिएपछि करणलाई शुक्रबार वयोधा अस्पतालमा लगिएको थियो। अस्पतालले जानकारी दिएअनुसार उनलाई एपेण्डिसाइटिस भएको र तत्काल अपरेसन गर्नुपर्ने अवस्था देखिएको छ। उनले सोमबार हुने दोश्रो खेलमा पनि सहभागिता जनाउने छैनन्।

करणको स्थानमा कसलाई टोलीमा समावेश गर्ने भन्ने बारे अझै टुंगो लागेको छैन। आइसीसीको स्वीकृती पछि मात्र उनको स्थानमा अर्का खेलाडी ल्याइने बताइएको छ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.