default_image

9 years ago

March 11, 2017

वर्षाका कारण खेल नहुँदा नतिजा कसरी आउँछ?

154 views

0 Bookmark

काठमाडौं  (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याको खेल शनिबार वर्षाका कारण विथोलिने सम्भावना बढ्दै गएको छ ।

tu-cricket-ground-rain

शुक्रबार दिउँसोदेखिको वर्षातका कारण पिच र आउट फिल्ड भिजेको र मौसमविद्का अनुसार शनिबार पनि पानी पर्न सक्ने सम्भावना रहेकाले खेल सुरु हुन केहि समय लाग्न सक्ने अनुमान गरिएको छ।

खेल तालिका अनुसार बिहान ९ बजे टस गरेर साढे ९ बजेदेखि खेल सुरु हुने भनिएपनि अम्पायरले कण्डिसन ठिक नभए केहि पर सार्न सक्नेछन्।

यदि शनिबार खेल हुन नसकेको खण्डमा आइतबार खेल सञ्चालन गरिनेछ। पहिलो इनिङ् आज सकिएको स्थितिमा भोली त्यहिंबाट खेल सुरु हुनेछ। तर,दोश्रो इनिङको २० ओभर आज भ्याइएमा भने खेलको नतिजा डकवर्थ लेविस पद्दतिबाट लिइनेछ।

शनिबारको खेलका लागि अम्पायरमा सिंगापुरका सारिका र नेपालको विनयकुमार झा छन् भने रिजर्भ अम्पायरमा नेपालकै देवेन्द्र सुवेदी छन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.