9 years ago
March 11, 2017
कीर्तिपुर (हाम्रो खेलकुद)– विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पिनसिपअन्तर्गत केन्याविरुद्धको पहिलो खेलमा नेपाल डकवर्थ लेविस (डिएल) का आधारमा ५ विकेटले पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा शनिबार बर्षाले प्रभावित खेलमा ओभर घटाइएको थियो । ३८ ओभरमा निर्धारण गरिएको खेल पुनः बर्षाको खेलपछि डर्क वर्थ लेविसका आधारमा खेलाएको थियो । केन्याले डिएलका आधारमा जितका लागि सुरुमा २९ ओभरमा १ सय ४ लक्ष्य पाएको थियो । २१.२ ओभरमा बर्षाले पुनः खेल रोकिदा केन्याले ५ विकेटको क्षतिमा ८० रन बनाएको थियो । पुनः खेल सुरु हुँदा केन्याले २६ ओभरमा ९४ रनको लक्ष्य पाएको थियो । केन्याले २४.१ ओभरमा ५ विकेट गुमाएर ९८ रन बनाएको थियो ।
सुरुआतमै तीन विकेट गुमाएपछि केही दबाबमा परेको केन्यालाई कप्तान राकेप पटेल र कोलिन्स ओवुयाले सम्हालेका थिए । उनीहरुले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । सन्दीप लामिछानेले १६.५ ओभरमा ओवुया(२४) को विकेट लिदै उनीहरुको साझेदारी तोडेका थिए । १९ औं ओभरमा सन्दीपले दोस्रो सफलताका रुपमा करन कल(४रन) को विकेट लिएका थिए । केन्याका लागि कप्तान राकेप पटेलले टोलीका लागि सर्वाधिक अविजित ३४ रन बनाएका थिए । त्यस्तै गुरुदीप सिंहले अविजित १२ रन जोडे ।
त्यसअघि सागर पुनले छैटौं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएपछि केन्या केही दबाबमा परेको थियो । उनले इरफान करिम (८) र धिरेन गोन्डारिया (७) को विकेट लिएका थिए । त्यसअघि आफ्नो पहिलो ओभरको दोस्रो बलमै बसन्त रेग्मीले ओपनर एलेक्स ओबान्डा (१) को विकेट लिएका थिए ।
त्यसअघि बर्षाले ५० ओभरको खेल ३८ ओभरमा घटाइएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पुरा ३८ ओभर खेल्न नपाउँदै पुनः पानी परेको थियो । नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो । बर्षाले खेल रोकिएपछि नेपालले बाँकी दुई ओभर ब्याटिङको अवसर पाएन भने केन्याले २४.२ ओभरमा ९४ रनको लक्ष्य प्राप्त गरेको थियो ।
लगातार विकेट गुमाएको नेपालले नवौं विकेटका लागि शक्ति गौचन र सोमपाल कामी ३० रनको साझेदारी गरेपछि नेपालले सय रनको आकडा पार गरेको थियो । ३३.३ ओभरमा सोमपालले एक रन लिएपछि नेपालले सय रन पुरा गरेको थियो । नेपालका लागि सबैभन्दा ठूलो साझेदारी गरेका शक्तिले १८ र सोमपालले १५ रन अविजित बनाएका थिए । शक्ति र सोमपालले समान २ चौका प्रहार गरेका थिए ।
पेटको शल्यक्रियापछि ६ दिन अघि मात्र अभ्यासमा फर्केका पारस खड्का शनिबारको खेलमा आराम दिइएपछि ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेका थिए । उनले टोलीका लागि सर्वाधिक २७ रन बनाएको थियो । उनले ३५ बलमा ४ चौका प्रहार गरेको थियो । दीपेन्द्र सिंह ऐरीले ५६ बलमा १९ रन बनाएका थिए । सागर पुनले १० रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सेम एनगोचेले ३, नेल्सन ओधियाम्बोले २, एलिजा ओटियनो, कप्तान राकेप पटेल, नेहमिया ओधियाम्बोले समान १ विकेट लिए ।
नेपाल र केन्याबीचको दोस्रो खेल सोमबार हुनेछ । ८ राष्ट्रको सहभागिता रहेको डब्लूसिएल च्याम्प्यिनपिमा ९ खेलपछि केन्याको १० अंक पुगेको छ भने नेपालको ६ अंक छ । नेदरल्यान्ड्स १६ अंकसहित शीर्षस्थानमा रहेका छन् । अंक तालिकाको शीर्ष ४ स्थानमा रहने टोलीले अर्को बर्ष हुने विश्व कप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछन् । त्यस्तै पुछारमा रहँदै डिभिजन २ मा घटुवा हुने ४ टोलीले डिभिजन ३ का शीर्ष दुई टोलीसँग अलग्गै प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिन खेलपछि शीर्ष दुईमा पर्ने टोलीले विश्व कप छनोटमा प्रवेश पाउनेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]