default_image

9 years ago

March 12, 2017

केन्याविरूद्ध डेब्यू गरेका सुनिल र दिपेन्द्रको कस्तो रह्यो प्रदर्शन?

146 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शनिबार टि.यु. मैदानमा भएको खेलमा नेपालको लागि दुइ युवा खेलाडीले डेब्यु गरे दिपेन्द्र सिंह ऐरी र सुनिल धमलाले केन्या विरुद्धको खेल अगाडी राष्ट्रिय टोलीको क्याप पहिरिएर राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो खेल खेलेका थिए। दुवै खेलाडीले यु-१९ राष्ट्रिय टोलीबाट यसअघी खेलिसकेका छन्।

sunil-airee

घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका दुवै खेलाडीले आफ्नो पहिलो खेलमा भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन् कार्यवाहक कप्तानसंग ओपनिङ गर्न आएका २१ वर्षीय सुनिल धमला ११ बलमा जम्मा ३ रन बनाएर आउट भए उनि ओटीएनोको बलमा राकेप पटेलबाट क्याच आउट भएका थिए एक तिरबाट ज्ञानेन्द्रले राम्रो खेलिरहँदा धमलाले आफ्नो विकेट गुमाएका थिए

दोश्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल आउट भएपछि चौथो नम्बरमा ब्याटिङ गर्न आएका १८ वर्षीय दिपेन्द्र सिंह ऐरीले धैर्यतापुर्वक ब्याटिङ गरे ५६ बल खेलेका ऐरीले बिना कुनै बाउन्ड्री १९ रन बनाएका थिए उनले सागर पुनसंग तेश्रो विकेटको लागि ८ रन र शरद भेषवाकरसंग चौथो विकेटका लागि १० रनको साझेदारी गरेका थिए बिनोद भण्डारी संग पाँचौ विकेटका लागि ११ रन जोड्दा महबुब आलम र ऐरीले छैठौं विकेटका लागि ५ रनमात्र जोड्न सके

एकतिर बाट लगातार विकेट गएपछि रन जोड्नपर्ने दवाव उनीमाथि आइपुगेको थियो सातौं विकेटका रुपमा स्पिनर एन’गोचेको बलिङमा क्याच आउट भएका ऐरीले सन्तोषजनक ब्याटिङ गरेका थिए

पहिलो खेलमा राम्रो प्रदर्शन गर्न नसकेपनि सोमबार हुने केन्यविरुद्धको दोश्रो खेलमा उनीहरुको सम्भावना कायम छ। घरेलु क्रिकेटमा निकै राम्रो प्रदर्शन गरेका दुइ युवा खेलाडी आउने पुस्ताका लागि आशालाग्दा प्रतिभा हुन्।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.