default_image

9 years ago

March 12, 2017

नेपाल र केन्याबीचको दोस्रो खेल सोमबार

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेदरल्यान्ड्सलाई उसकै मैदानमा एउटा खेलमा हराएर फर्केको नेपालले घरेलु मैदानमा शनिबार केन्यालाई हराउने अपेक्षा गरिएको थियो । तर, बर्षाले प्रभावित खेलमा अनुभवी केन्याले नेपालसँगको खेल ५ विकेटले आफ्नो पक्षमा पार्यो । सोमबार फेरी नेपाल र केन्याबीच दोस्रो खेल हुँदैछ । केन्यासँगको दोस्रो खेल पनि गुमाए नेपाललाई च्याम्पियनसिपको शीर्ष ४ भित्र पर्न कठिन हुन सक्छ ।

img_9258

पेटको शल्यक्रियापछि एक साताअघि मात्र अभ्यासमा फर्केका नियमित कप्तान पारस खड्का पहिलो खेलमा थिएनन् । नेपालको ब्याटिङ कमजोर हुनुमा पारस नहुनुलाई मान्ने पनि धेरै छन् । बर्षाले ३८ ओभरमा घटाइएको थियो । तर टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६ ओभरमा ८ विकेटको क्षेतिमा १ सय १२ रन बनाएको थियो ।

बर्षाले नेपालले अन्तिम दुई ओभर खेल्न पाएन । डकवर्थ लेविस पद्धतिमा केन्याले २९ ओभरमा १ सय ४ रनको लक्ष्य पाएको थियो । केन्याले २१.२ ओभरमा ५ विकेट गुमाई ८० रन बनाएको अवस्थामा वर्षाले पुनः खेल रोकिएको थियो । पछि पुनः खेल सुरु हुदा केन्याले २६ ओभरभित्र ९४ रन बनाउनुपर्ने भयो, जुन केन्याले ११ बलअगाडि नै पूरा गरेको थियो ।

पहिलो खेलमा नेपाललाई हराएको केन्या पाँच खेल बाँकी रहदा १० अंकसहित पाँचौ स्थानमा छ । ८ राष्ट्र सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । नेदरल्यान्ड्स १६, पपुवा न्यु गिनी १२, तथा हङकङ र स्कटल्यान्ड समान ११ अंक छ । शीर्ष चारमा रहने राष्ट्रले अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउँछ ।

अंकतालिकाको शीर्ष चार भित्र पर्नका लागि सोमबारको खेल नेपाललाई निकै महत्वपूर्ण छ । च्याम्पियनसिपमा यसपछि नेपालले हङकङ र संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.