default_image

9 years ago

March 13, 2017

नेपाललाई १ सय ५६ रनको लक्ष्य, शरदले ४ विकेट लिए

137 views

0 Bookmark

कीर्तिपुर (हाम्रो खेलकुद)– पार्ट टाइमर बलर शरद भेषवाकर झन्डै दुई बर्ष पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका महबुब आलमको उच्च बलिङबाट प्रेरित नेपालले दोस्रो खेलमा केन्यालाई १ सय ५५ रनमा अलआउट गरेको छ ।

innins-break

शरदले ७.१ ओभरमा २८ रन दिदै  ४ विकेट र महबुब आलमले ७ ओभरमा ५ मेडनसहित दुई विकेट लिएपछि पहिले ब्याटिङ गरेको केन्या ४६.१ ओभरमा अलआउट भएको थियो । नेपाललाई केन्याले अब जितका लागि १ सय ५६ रन बनाउनुपर्नेछ । विश्व क्रिकेट लिग च्याम्पिनसिपअन्तर्गत केन्यासँगको पहिलो खेल शनिबार ५ विकेटले गुमाएको नेपालले सोमबार टस जितेर फिल्डिङको निर्णय लिएको थियो ।

लगातार दास्रो खेलमा नियमित कप्तान पारस खड्काको ठाँउमा नेतृत्व सम्हालेका ज्ञानेन्द्र मल्लको फिल्डिङ रोज्ने निर्णयलाई जायज ठहराउने क्रममा बलरहरुले उच्च प्रदर्शन गरेका छन् । महबुबले ७ ओभरको आफ्नो पहिलो स्पेलमा उत्कृष्ट बलिङ गरेका थिए । चौथो ओभरमै २ विकेट लिएका आलमले पहिलो ६ ओभरमा ५ मेडनसहित २ रन दिएर २ विकेट लिएका थिए । महसुबले ओपन एलेक्स ओबान्डा (९) र धिरेन गोन्डारिया (०) को विकेट लिएका थिए । समग्रमा ७ ओभरमा महबुबले ५ मेडनसहित ११ रन खर्चेका थिए ।

नेपाली बलरहरुले कसिलो बलिङ गर्नाका वावजुद केन्याका खेलाडीले आफ्नै गतिमा रन जोडेका थिए । ओपनर इरफान कसिम र कोलिन्स ओवुयाले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेपछि केन्या सम्हालिएको थियो । २ रनले अर्धशतक बनाउनबाट चुकेका कोलिन्सको विकेट सन्दीप लामिछानेले लिएका थिए । ७८ बल खेलेका उनले ७ चौकाको मद्दतमा ४८ रन बनाएका थिए । शरद भेषावरकेको बलमा आउट भएका इरफानले ३८ रन बनाएका थिए । २१ रन बनाएका कप्तान राकेप पटेल वसन्त रेग्मीको शिकार भएका थिए । पटेललाई सोमपाल कामीले क्याच गरेका थिए । ४५ औं ओभरमा शरदले लगातार दुई विकेट लिदै केन्यामाथि दबाव बढाएका थिए । बसन्तले २, सागर पुन र सन्दीप लामिछानेले समान १ विकेट लिएका थिए ।

केही महिनाअघि नेदरल्यान्ड्सलाई उसकै मैदानमा एउटा खेलमा हराएर फर्केको नेपालले घरेलु मैदानमा शनिबार केन्यालाई हराउने अपेक्षा गरिएको थियो । तर, बर्षाले प्रभावित खेलमा अनुभवी केन्याले नेपालसँगको खेल ५ विकेटले आफ्नो पक्षमा पार्यो ।

च्याम्प्यिनसिपको शीर्ष ४ भित्र पर्न सम्भावनालाई जीवित राख्न नेपालले आजको खेलमा केन्यालाई हराउनु पर्ने हुन्छ । पहिलो खेलमा नेपाललाई हराएको केन्या पाँच खेल बाँकी रहदा १० अंकसहित पाँचौ स्थानमा छ । ८ राष्ट्र सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । नेदरल्यान्ड्स १६, पपुवा न्यु गिनी १२, तथा हङकङ र स्कटल्यान्ड समान ११ अंक छ । शीर्ष चारमा रहने राष्ट्रले अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउँछ ।

च्याम्पियनसिपका च्याम्पियनसिपमा यसपछि नेपालले हङकङ र संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.