9 years ago
March 13, 2017
कीर्तिपुर (हाम्रो खेलकुद)– विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसिएल) मा नेपालका लागि बलिङमा शरद भेषावर अहिले सम्मकै उच्च प्रदर्शन गर्ने खेलाडी बनेका छन् । शरदले केन्याविरुद्ध ७.१ ओभरमा २८ रन खर्चेर ४ विकेट लिएका थिए । केन्याविरुद्ध सोमबारको खेल च्याम्पियनसिप नेपालको १० औं खेल हो ।च्याम्पियनसिपमा यसअघि वसन्त रेग्मी र सोमपाल कामीले समान ३ विकेट लिएका थिए ।

केन्याविरुद्ध शनिबारको खेलमा भने शरद प्रदर्शन विर्सन लायक रहेको थियो । पहिलो खेलमा बलिङको मौका नपाएका शरदले २ रन मात्र बनाएका थिए । बलरहरुले उच्च प्रदर्शन गरेपछि सोमबारको खेलमा केन्या ४६.१ ओभरमा १ सय ५५ रन बनाउँदै अलआउट भएको छ । नेपालले जितका लागि १ सय ५६ रन बनाउनुपर्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]