9 years ago
March 13, 2017
प्रकाश तिमल्सिना/दिपेन्द्र पोखरेल
कीर्तिपुर– कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले जिम्मेवारीपूर्वक ब्याटिङ गर्ने क्रममा अर्धशतक पुरा गरेपछि नेपालले सोमबार केन्यालाई ७ विकेटले हराएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत यी दुई टोलीबीचको बर्षाले प्रभावित पहिलो खेलमा शनिबार केन्याले नेपाललाई ५ विकेटले हराएको थियो । जितसँगै नेपालले च्याम्प्यिनसिपको शीर्ष चारमा पर्ने सम्भावनालाई जीवित राखेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा ज्ञानेन्द्र र दीपेन्द्रले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेपछि १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपालले ३०.२ ओभरमा ३ गुमाएर १ सय ६० रन बनाएको थियो । सदा जस्तै सर्यौ घरेलु समर्थकको साथ पाएको खेलमा ज्ञानेन्द्र र दीपेन्द्रले तेस्रो विकेटका लागि १ सय ११ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । ज्ञानेन्द्रले च्याम्पियनसिपमा पहिलो पटक अर्धशतक पुरा गरेका हुन् । उनले यसअघि च्याम्प्यिनसिपमा नेदरल्यान्ड्सविरुद्ध ३९ रन बनाएका थिए । दीपेन्द्रले दोस्रो खेलमै ठूलो इनिङ्स खेलेका छन् । उनले ६६ बलमा ८ चौका र १ छक्काका साथ ६२ रनको योगदान गरे । केन्याविरुद्ध शनिबार डेब्यू खेलमा उनले १९ रन बनाएका थिए । दीपेन्द्र आउट भएपछि एकै ओभरमा तीनसहित चार चौका र १ छक्का प्रहार गरेका शरदले ११ बलमा अविजित २४ रन बनाए । ज्ञानेन्द्रले ९३ बलमा ८ चौका र १ चक्काको मद्दतले अविजित ६४ रनको योगदान गरे ।
त्यसअघि टस जितेर फिल्डिङ गर्ने ज्ञानेन्द्रको निर्णयलाई सहि साबित गर्ने क्रममा बलरहरुले उच्च प्रदर्शन गरेका थिए । पार्ट टाइमर शरद भेषावकरले ४ तथा दुई बर्षपछि राष्ट्रिय टोलीमा पुनरागम गरेका महबुब आलम र वसन्त रेग्मीले समान २ तथा सागर पुन र सन्दीप लामिछानेले समान १ विकेट लिएपछि केन्याले ४६.१ ओभरमा १ सय ५५ रन मात्र बनाउन सकेको थियो ।
ओपनर सुनिल धमला (१) र सागर पुन(५) रनमा आउट हुँदा नेपालले २ विकेटको क्षेतिमा १४ रन मात्र बनाउन सकेको थियो । त्यहाँबाट ओपनर समेत रहेको कप्तान ज्ञानेन्द्रलाई दीपेन्द्रले राम्रो साथ दिएका थिए ।
शरदले ७.१ ओभरमा २८ रन खर्चेर ४ विकेट लिनु च्याम्पियनसिपमा नेपाली खेलाडीको अहिले सम्मकै उच्च प्रदर्शन हो । यसअघि वसन्त र सोमपाल कामीले ३ विकेट लिएका थिए । सन् २०१५ पछि पहिलो यसपटक मौका पाएका महबुबले ७ ओभरमा ५ मेडनसहित ११ रन खर्चे २ विकेट लिएपछि केन्या सस्तैमा समेटिएको थियो ।
नेपाली बलरहरुले कसिलो बलिङ गर्नाका वावजुद केन्याका खेलाडीले विस्तारै रनको गतिलाई अघि बढाएका थिए । ओपनर इरफान कसिम र कोलिन्स ओवुयाले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेपछि केन्या सम्हालिएको थियो । २ रनले अर्धशतक बनाउनबाट चुकेका कोलिन्सको विकेट सन्दीप लामिछानेले लिएका थिए । ७८ बल खेलेका उनले ७ चौकाको मद्दतमा ४८ रन बनाएका थिए । शरद भेषावरकेको बलमा आउट भएका इरफानले ३८ रन बनाएका थिए । २१ रन बनाएका कप्तान राकेप पटेल वसन्त रेग्मीको शिकार भएका थिए । पटेललाई सोमपाल कामीले क्याच गरेका थिए । ४५ औं ओभरमा शरदले लगातार दुई विकेट लिदै केन्यामाथि दबाव बढाएका थिए ।
पहिलो खेलमा नेपाललाई हराएको केन्या ४ खेल बाँकी रहदा १० अंकसहित पाँचौ स्थानमा छ । ८ राष्ट्र सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैटौं स्थानमा यथावत छ । नेदरल्यान्ड्स १६, पपुवा न्यु गिनी १२, तथा हङकङ र स्कटल्यान्ड समान ११ अंक छ । शीर्ष चारमा रहने राष्ट्रले अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउँछ । च्याम्पियनसिपमा यसपछि नेपालले हङकङ र संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]