default_image

9 years ago

March 13, 2017

पारसले इमर्जिङ कप नखेल्ने

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै दुई सातापछि सुरु हुने एसिसी इमर्जिङ कप क्रिकेट प्रतियोगितामा नियमित कप्तान पारस खड्का नखेल्ने भएका छन् । पूर्ण रुपमा फिट भइ नसकेका कारण आफुले इमर्जिङ कप नखेल्ने व्यवस्थापन पक्षलाई जानकारी दिइसकेको पारसले सोमबार बताएका छन् । इमर्जिङ कप मार्च २५ देखि बंगलादेशमा सुरु हुँदैछ ।

captain-paras-khadka-of-nepal-national-cricket-team-preparing-before-kenya-wclc-23

कप्तान पारस खड्का

‘मेरो स्वास्थ्यमा सुधार अइरहेको छ । तर पनि मलाई पुरा फिट हुन अझै एक महिना लाग्न सक्छ,’ केन्यासँगको जितपछि उनले भने,‘इमर्जिङ कप खेल्दिन भनेर मैले व्यवस्थापनलाई जानकारी दिइसकेको छु ।’

केही साता अघि पेटको शल्यक्रिया गरेका पारस गत साताबाट मात्र अभ्यासमा फर्केका थिए । पूर्ण रुपमा ठिक नभइसकेका कारण उनले विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धका दुई खेल खेलेनन् । उनको सट्टा उपकप्तान ज्ञानेन्द्र मल्लले नेपाली टोलीको नेतृत्व सम्हालेका थिए ।

शनिबारको खेल केन्यासँग ५ विकेटले गुमाएको नेपालले सोमबार त्यहि टोलीलाई ७ विकेटले हराएको छ । पेटको शल्यक्रिया गरेपछि आराम गरिरहेका पारस टोलीसँग केन्याविरुद्धको तयारीका लागि भारत भ्रमणमा सामेल भएनन् ।

प्रतियोगितामा नेपालसहित अफगानिस्तान, टेष्टमान्यता प्राप्त भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशले इमर्जिङ कपमा सहभागिता जनाउनेछन् । टेष्ट मान्यता प्राप्त राष्ट्र यू २३ व्यस्तताका कारण देखाउँदै हङकङ र युएईले भने इमर्जिङ कपबाट नाम फिर्ता लिइसकेका छन् ।

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.