9 years ago
March 15, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– दस दिनपछि बंगलादेशमा सुरु हुने एसिसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताका लागि पारस खड्कासहित चार खेलाडीलाई आराम दिएको छ । इमर्जिङ कप मार्च २५ बाट सुरु हुनेछ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा इमर्जिङ कपका लागि १५ सदस्यीय नेपाली टोलीको बुधबार घोषणा भएको छ । पारसले पूर्ण रुपमा फिट भइ नभएका कारण यसअघि नै बंगलादेश नजाने बताइसकेका थिए । सिनियर खेलाडी शक्ति गौचन , वसन्त रेग्मी र सोमपाल कामीलाई पनि बंगलादेशमा भ्रमणका दौरान आराम दिएको छ । शक्ति र वसन्त स्पिनर हुन् भने सोपपाल तीब्रत गतिका बलर हुन् ।
नयाँ खेलाडीलाई मौका दिने योजना अनुरुप टोलीको छनोट गरेको प्रशिक्षक जगत टमाटाले बताएका छन् । ‘नयाँ खेलाडीलाई मौका दिदै भविष्यमा राष्ट्रिय टोलीको ब्याकअप तयार पार्ने योजनाका साथ अहिलेको टोली छनोट गरिएको हो,’प्रशिक्षक टमाटाले भने,‘त्यसैले केहि सिनियर खेलाडीलाई आराम दिएका हौं । सोमपाल सामान्य चोट छ ।’
शरद भेषावकरलाई रहेको टोलीमा विनोद भण्डारी , सागर पुन , मेहबुब अलाम , दिपेन्द्र सिंह ऐरी , सुनिल धमला , सन्दिप लामिछाने, आरिफ शेख , आसिफ शेख , दिलप नाथ , अभिनाश कर्ण , सुसान भारि, दिपेश श्रेष्ठ र भुवन कार्र्की रहेका छन् ।
प्रशिक्षक टमाटाले १९ मार्चबाट टोलीको प्रशिक्षण सुरु हुने बताएका छन् । विश्व क्रिकेट लिग च्याम्प्यिनसिपअन्तर्गत केन्याविरुद्ध शनिबार र सोमबार दुई खेलपछि खेलाडीलाई केही दिनको विदा दिइएको छ । पहिलो खेल शनिबार ५ विकेटले गुमाएको नेपालले दोस्रो खेल ७ विकेटले जितेको थियो । पारसले केन्याविरुद्धका दुवै खेल गुमाएका थिए ।
पारस खड्का, प्रशिक्षक जगत टमाटा र आईसीसीका प्रतिनिधि राजु बैंकटपति रहेको छनोट समितिले राजेश पुलामी, कुशल भुर्तेल , जितेन्द्र मुखिया र सुशील कंडेललाई वैकल्पिक खेलाडीका रुपमा राखेको छ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको यू–२३ टिम तथा नेपालसहित अफगानिस्तान, हङकङ र मलेसियाको राष्ट्रिय टोलीले बंगलादेशमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली मार्च २५ मा बंगलादेश प्रस्थान गर्नेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]