default_image

9 years ago

March 17, 2017

सगरमाथा डिपिएलमा गोलस्टार शु सहायक प्रायोजक

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिनाको अन्त्यमा सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको सहायक प्रयोजकका रुपमा किरण शु म्यानिफेक्चरको उत्पादन गोल्डस्टार शु जोडिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही तथा किरण शु म्यानिफेक्चरका निर्देशक बिधुशी राणाले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

dpl-gold-star

सम्झौता अनुसार सहायक प्रयोजकका रुपमा कम्पनीले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई ५ लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने सहमती भएको निर्देशक राणाले बताइन् । खेलकुदले राष्ट्रिय एकता तथा सामाजिक सदभाव जोगाईराख्न मद्दत गर्ने जनाउँदै राणाले भनिन् ,‘ सोही मनोभावलाई आत्मसात गर्दै सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगसँग हामी जोडिन पाएकोमा खुसी लागेको छ ।’ स

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा गोल्ड स्टार आबद्ध भएकोमा धन्यवाद दिदै एकेडेमीका अध्यक्ष शाहीले नेपाली क्रिकेटका लागि गोल्डस्टार पनि जोडिएको खुसी व्यक्त गरे । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग आगामी चैत्र २७ देखि बैशाख ९ गतेसम्म धनगढीमा आयोजना हुदैछ।

प्रतियोगितामा देशभरिका विभिन्न ६ वटा टिमहरुले सहभागिता जनाउँदै छन् । पहिलो पटक चैत ५ का लागि मिति तोकिएपछि बंगलादेशमा मार्च २५ देखि इमर्जिङ कप क्रिकेटका कारण प्रतियोगिता सारिएको थियो ।

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.