default_image

9 years ago

March 22, 2017

पारस सगरमाथा डिपिएल क्रिकेटबाट मैदान फर्कने

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का चैतको अन्तिमबाट मैदान फर्केने भएका छन् । पेटको शल्यक्रियापछि पूर्ण रुपमा फिट नभइसकेका कारण उनले विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको गत महिना भएका दुई खेल गुमाएका थिए । त्यस्तै उनले शनिबारदेखि बंगलादेशमा सुरु हुने एसिसी इमर्जिङ कप क्रिकेटबाट पनि नाम फिर्ता लिएका थिए । चैत २७ बाट धनगढीमा सुरु हुने सगरमाथा सिमेन्ट डिपिएलबाट भने आफु मैदानमा फर्कने पारसले बताएका छन् ।

paras-khadka-of-nepal-national-cricket-team-preparing-before-kenya-wclc-14

गोर्खा राइनोज र लंकन लायन्सबीच अर्को महिना टि ट्वान्टी क्रिकेट श्रृखंला आयोजनाका विषयमा जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पारसले डिपिएफ खेल्ने बताएका हुन् । पारसले भने ‘म डिपिएल खेल्ने छु ।’ ६ टोलीको सहभागितामा डिपिएल चैत २७ देखि वैशाख १० सम्म सञ्चालन हुँदैछ ।

सहभागी ६ टोलीमध्ये पारसले धनगढी टिम चौराहाको कप्तान पनि गर्नेछन् । पारसको टोलीको पहिलो खेले चैत २७ गते विराटनगर किङ्ससँग छ । त्यसअघि चैत २७ गते नेपाल ११ र धनगढी ११ बीच हुने उद्घाटन खेलमा पारसले नेपाल ११ को नेतृत्व गर्ने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

फागुनको पहिलो साता पेटको शल्यक्रिया गरेपछि पारसले भारत भ्रमण गरेनन् । डब्लुसिएल च्याम्पियनसिपको अन्तिम तयारी नेपाली टोलीले भारत भ्रमण गरेको थियो । केन्याविरुद्ध फागुन २८ र ३० मा भएका दुवै खेलमा पारस खलेनन् । केन्या र नेपाल दुवैले एक एक खेल जितेका थिए । पहिलो खेल केन्याले ५ विकेटले र दोस्रो खेल नेपालले ७ विकेटले जितेको थियो ।

नेपालको जितपछि भारतले आफु कम्तिमा एक महिना खेल्न नसक्ने खुलासा गरेका थिए । पूर्व रुपमा फिट नभएपनि विपक्षी टोलीमाथि मनोबैज्ञानिक प्रभाव पार्न र आफ्नो टोलीको मनोबल बढाउन पारसलाई टोलीसँगै बसेको बताइएको छ । हाम्रो खेलकुदले अभ्यासका बारेमा प्रश्न गर्दा पारसले भने,‘ सामान्य दौड सुरु गरिसकेको छु । अब केही दिनमा बलिङ र ब्याटिङ अभ्यास पनि सुरु गर्नेछु ।’

अघिल्लो दिन मंगलबार डिपिएलको खेल तालिका सार्वजनिक भएको थियो । चैत २८ मा पहिलो खेल सिवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच हुनेछ । सोही दिन रुपन्देही च्यालेन्जर्स र कान्तिपुर आइकन्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण एपि वान टेलिभिजनले गर्ने भएको छ ।

यसअघि डिसहोम स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने भनिएपनि डिपिएलको मिति पछि सरेका कारण त्यो समय डिसहोमको तालिका पहिले नै तय भइसकेको बताइएको छ । यसअघि चैत ५ गतेबाट डिपिएल सुरु हुने भनिएपछि इमर्जिङ कपका कारण सारेर चैत २७ गतेका लागि तय भएको थियो ।

सगरमाथा सिमेन्ट डिपिएलको खेलतालिका

dpl

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.