default_image

9 years ago

March 24, 2017

आयरल्यान्डविरुद्धको शृंखला अफगानिस्तानको नाममा

172 views

0 Bookmark

नोएडा (एजेन्सी)– आयरल्यान्डविरुद्धको पाँचौ तथा अन्तिम एक दिवसीय क्रिकेटमा शुक्रबार ७ विकेटले विजयी हुँदै अफगानिस्तानले ३–२ ले श्रृखंला जितेको छ । पहिलो दुई खेल जितेको अफगानिस्ताले त्यसपछिका लगातार दुई खेल हारेको थियो । निर्णायक अन्तिम खेलमा अफगानिस्तानले बाजी मारेको हो ।

Afghanistan

भारतको ग्रेटर नोएडामा २ सय ३० रनको लक्ष्य पछ्याएको अफगानिस्तानले रहमत शाहको शतकको मद्दतमा आवश्यक रन जोडेको थियो । टोलीले २५ रनमा दुवै ओपनर गुमाएको थियो । तर, रहमतले अविजित १ सय ८ रन बनाएपछि ३ विकेट गुमाएको अफगानिस्तानले ८ बल अघि नै लक्ष्य पुरा गरेको थियो ।

सम्हालिएको इनिङ्स खेलेका रहमतले १ सय ६४ बल खेल्दै १० चौका र १ छक्का प्रहार गरेका थिए । उनलाई चौथो विकेटमा राम्रो साथ दिएका समिउल्लाह शेन्वारीले अविजित ६२ रन जोडे । रहमत र समिउल्लाहले १ सय ३३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेका आयरल्यान्डले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । ३५औ ओभरको तेस्रो बलमा १ सय ७० रनको अवस्थामा चौथो विकेट पतन भएको आयरल्यान्डले त्यसपछि ५९ रन जोड्दा थप ६ विकेट गुमाएको थियो ।

ओपनर पौल स्ट्रलिङले अर्धशतक पुरा गरे । उनले ५१ रन , अर्का ओपनर एडी जोइसले ४२, ब्याट्सम्यान विलियन पोटरफिल्ड र ओब्राइनले समान ३४ रन बनाएका थिए ।

तल्लो क्रमका जोर्ज डकरवेलको २१ रन जोडेपछि आयरल्यान्डले २ सय २९ बनाउन सकेको थियो । अफगानिस्तानका युवा स्टार राशिद खानले १० ओभरमा २९ रनमात्र दिदै ४ विकेट लिए । त्यस्तै फरिद अहमदले ३ र दव्लत जद्रानले २ विकेट लिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.