9 years ago
March 25, 2017
धर्मशाला (एजेन्सी) – भारत र अष्ट्रेलियाबीच जारी अन्तिम टेष्टको पहिलो दिन आफ्नो उत्कृष्ट फर्मलाई जारी राख्दै अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथले करियर २०औं टेष्ट शतक बनाएका छन्।

अष्ट्रेलियाले १० रनको स्थितिमा आफ्नो ओपनर म्याट रेन्सलाई गुमाएपछि कप्तान स्मिथ उप-कप्तान वार्नरसंग ब्याटिङ गर्न पिचमा उत्रिएका थिए। खेलको ५१औं ओभरको चौथो बलमा कुलदिप यादवलाई चौका प्रहार गर्दै स्मिथले आफ्नो शतक पुरा गरेका थिए। भारत विरुद्ध खेलिएको पछिल्ला ८ टेष्टमा स्मिथले ७ शतक प्रहार गरेका छन्।
उनले १५० बलको सामना गर्दै १३ चौका प्रहार गरेका थिए। स्मिथले अष्ट्रेलिया १८५/५को स्थितमा रहँदा आफ्नो शतक पुरा गरेका हुन्। जारी सिरिजमा उनको यो तेश्रो शतक हो। पुणेमा भएको पहिलो टेष्टमा १०७ रन बनाएका स्मिथले राँचीमा खेलिएको तेश्रो टेष्टमा अविजित १७८ रनको इनिङस खेलेका थिए।
उनले आउट हुनुपूर्व १७३ बलको सामना गर्दै १११ रन बनाए। रविचन्द्रन आश्विनको बलमा अजिंक्या रहानेद्वारा स्लिपमा समातिनुअघि उनले १४ चौका प्रहार गरेका थिए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]