9 years ago
March 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले खेलाडीले पाउनु पर्ने रकम निकासाका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सँग पत्राचार गरेको जानकारी दिएका छन् । बंगादेशमा सुरु भएको एसिसी इमर्जिङ कप क्रिकेटमा भाग लिन जाने नेपाली टोलीलाई शनिबार विदाई गर्ने क्रममा सदस्य सचिव विष्टले उक्त जानकारी दिएका हुन् ।

विष्टले आइसिसीले बर्षको सुरुआतमा नेपाल क्रिकेट संघ (क्यान) माथि लगाइएको निलम्बन फुकुवा हुने विश्वास समेत व्यक्त गरे । विदाईका क्रममा नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले नेपालको लक्ष्य कम्तीमा पनि दोस्रो चरण पुग्ने रहेको दोहोरोए ।
‘टिममा अधिकांश नयाँ र प्रतिभावान युवा खेलाडीहरुको बाहुल्यता’ मुख्य प्रशिक्षक टमाटाले भने, ‘यो प्रतियोगिता नयाँ खेलाडीहरुका लागि प्लेट फर्म हो । यस्तो मौकालाई युवा खेलाडीहरुले सदुपयोग गर्न सक्छु पर्दछ ।’ प्रशिक्षक टमाटाले टोली सन्तुलित रहेको र विकेट कन्डिसन हेरेर प्लेइङ टोली तयार पार्ने बताए । उनले नयाँ खेलाडीहरुले डेब्युको अवसर पाउने संकेत पनि गरे ।
टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान र बंगलादेशसँग खेल्न पाउनु युवा खेलाडीहरुको लागि महत्वपूर्ण अवसर रहेको बताए । ‘नेपाली टिममा नयाँ प्रतिभावान खेलाडीहरु आइरहेको छन्, बेञ्च बलियो बनाउनको लागि उनीहरुको प्लेटफर्म नेपालका लागि फाइदा र नेपाली क्रिकेटका लागि फलदायी हुनेछ ’ उनले भने, ‘खेल्ने त उपाधिकै लागि हो तर, हामी उपाधि जित्न नसकेपनि राम्रो भन्दा राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछौं ।’
नेपालले मंगलबार टेष्ट मान्यता प्राप्त पाकिस्तानको यु–२३ टोलीसँग खल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेलमा आयोजक बंगलादेशसँग चैत १५ गते र समूह चरणको अन्तिम खेलमा हङकङसँग चैत १७ गते खेल्नेछ । नियमित कप्तान पारस खड्कासहित शक्ति गौचन, बसन्त रेग्मी र सोमपाल कामीलाई भने यसपटकको भ्रमणमा आराम दिइएको छ ।

पूर्ण टोलि:
ज्ञानेन्द्र मल्ल (कप्तान), शरद भेषावकर (उपकप्तान), विनोद भण्डारी , सागर पुन , मेहबुब अलाम , दिपेन्द्र सिंह ऐरी , सुनिल धमला , सन्दिप लामिछाने, आरिफ शेख , आसिफ शेख , दिलप नाथ , अभिनाश कर्ण , सुसान भारि, दिपेश श्रेष्ठ र भुवन कार्की ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]