9 years ago
March 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाको भनाइ मान्ने हो भने शनिबारदेखि बंगलादेशमा इमर्जिङ नेसन्स कपमा नेपालको दुई वटा उद्देश्य छन् । पहिलो लक्ष्य दोस्रो चरण सम्म पुग्ने र अर्को भविष्यका लागि नेपाली राष्ट्रिय टोलीको ‘ब्याक अप’ तयार पार्ने । पहिलो लक्ष्य पुरा गर्न असम्भव नभएपछि चुनौतिपूर्ण पक्कै छ । कारण नेपालले समूहमा टेस्ट मान्यता प्राप्त दुई राष्ट्र पाकिस्तान र बंगलादेशको यू २३ को टोलीको सामना गर्नुपर्नेछ ।

त्यस्तै नेपालले हङकङको पनि सामना गर्नुपर्नेछ । यी तीन टोलीविरुद्ध खेलेर अघिल्लो चरणको यात्रा गर्न कठिन देखिएपनि ती खेललाई नेपालले नयाँ खेलाडीका लागि अवसरका रुपमा भने पक्कै उपयोग गर्न सक्छ । प्रतियोगिताको अर्को समुहमा भने भारत यु-२३, श्रीलंका यु-२३ संगै अफगानिस्तान र मलेसिया रहेका छन्। अर्को सम्भवतः प्रशिक्षक टमाटाको त्यहि भनाईलाई बल पुग्ने गरि तीन सिनियर खेलाडीले यो प्रतियोगितामा आराम लिएका छन् ।
पेटको शल्यक्रिया पनि पूर्ण रुपमा फिट नभएका कारण नियमित कप्तान पारस खड्काले केन्याविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल खेलेनन् । केन्यासँग पहिलो खेल ५ विकेटले गुमाएको नेपालले दोस्रो खेलमा त्यहि टोलीलाई ७ विकेटले हरायो । नेपाल जितेपछि पारसले आफु पूर्ण रुपमा फिट नभएकाले इमर्जिङ नेसन्स कप नखेल्ने खुलासा गरे । त्यसको केही दिनमै टोलीका नियमित सदस्यमध्येका शक्ति गौचन, वसन्त रेग्मी र सामपाल कामीलाई आराम दिइएको छ ।
यी चार खेलाडीको सट्टा टोलीमा मौका पाउने जुन कुनै खेलाडीलाई पनि भविष्यको टोली खम्बाका रुपमा रहने अनुमान गर्न सकिन्छ । तर, त्यसका लागि उनीहरुले बंगलादेशमा पाउने अवसरलाई कति सदुपयोग गर्न सक्छन् , त्यो भने हेर्न बाँकी छ । बंगलादेश भ्रमणका लागि सिनियर चारको सट्टा आसिफ शेख, सुसन भारि, दिपेश श्रेष्ठ र भुवन कार्कीलाई टोलीमा समेटिएको छ । यी मध्ये भुवन बाहेक तीनै जनाले ‘डेब्यू’ गर्न बाँकी छ । केन्यासँगको खेलमा टोलीमा रहेपनि दीलिप नाथले पनि डेब्यूको मौका सम्भवत यहि भ्रमणमा पाउन सक्छन्
यी माथिका पाँच बाहेक सुनिल धमाला, दीपेन्द्र सिंह ऐरी र आरिफ शेख पनि टोलीका नयाँ सदस्य नै हुन् । भुवनले दुई बर्ष अघि केन्याविरुद्ध डेब्यू गरेका थिए । त्यसयता उनले मौका पाएका छैनन् । त्यस्तै सुनिल, दिपेन्द्र र आरिफले समान ५० ओभरको २ खेलेका छन् । टोलीमा रहेका अर्का युवा सिमर अभिनाषले भने ५० ओभरका २ र २ वटा टि ट्वान्टी खेलेका छन् । यीनै युवा खेलाडीलाई नेपाली टोलीको भविष्यका स्टारका रुपमा हेरिएको छ । कलिलै उमेरमा गत बर्ष डेब्यू गरेका स्पिनर सन्दीप लामिछानेले आफुलाई नेपाली टोलीको भर गर्न सक्ने खेलाडीका रुपमा प्रस्तुत गरिसकेका छन् ।
युवा खेलाडीले आफुलाई प्रमाणित गर्ने यो एउटा राम्रो अवसर हो । यस्तै अवसर फेरी पाउन निकै समय कुर्नुपर्ने पनि हुन सक्छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपका चार खेल अझै बाँकी रहेको अवस्थामा युवा खेलाडीले नियमित रुपमा टोलीको सदस्य बन्नका लागि इमर्जिङ नेसन्स कपको प्रदर्शन अर्थपूर्ण हुनेछ । घरेलु प्रतियोगितामा प्रतिभा देखाइसकेका युवा खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभवको खाचोको आवश्यकता थियो । जुन इमिर्जिङ नेसन्स कपले पुरा गर्न सक्दछ ।
नयाँ र पुराना खेलाडीको समिश्रणमा तयार हुने टोलीमा कसले मौका पाउछन्, त्यो भने कौतुहलताको विषय रहनेछ । पाकिस्तानविरुद्ध सोमबार हुने खेलमा मौका पाउने युवा खेलाडीले कस्तो प्रदर्शन गर्नेछन्, त्यो भने समर्थकका लागि चासोको विषय हुनेछ ।
नेपाली टोली:
ज्ञानेन्द्र मल्ल (कप्तान),शरद भेषावकर (उपकप्तान),विनोद भण्डारी, सागर पुन , मेहबुब अलाम , दिपेन्द्र सिंह ऐरी , सुनिल धमला , सन्दिप लामिछाने, आरिफ शेख, अभिनाश कर्ण, दिलीप नाथ, आसिफ शेख, सुसन भारि, दिपेश श्रेष्ठ र भुवन कार्की
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]